एक पूर्ण मनोरन्जनात्मक,सन्देश मुलक तथा ज्ञान बर्धक हाम्रो ब्लग साईट पुर्कोट कालिका मा यहाँहरु लाई हार्दिक स्वागत गर्दछौ यस भित्र का कथा-कबिता-समाचार-गजल-सामन्य ज्ञान-फोटो ग्यालरी-भिडिओ भन्डार का साथै कम्प्युटर सम्बन्धी उपयोगी टिप्स हरु समाबेश गरेका छौ। आशा छ यहाँ हरु ले भर्पुर मनोरन्जन लिनु हुने छ हाम्रो ब्लगको सदस्यता बनिदिनुहोस् कही कतै कमी कम्जोरी हरु भएमा कमेन्ट गरि दिनु हुन अनुरोध् पनि गर्दछौ । -कालिक उच्च माध्यमिक् बिधायल-पुर्कोट-३ तनहु,डुम्रिखर्क।

Saturday, October 22, 2011

अनलाईन भिडियोलाई MP3 को रुपमा डाउनलोड गर्नुहोस


कहिलेकाही तपाईंलाई लाग्दैन कि तपाईं Youtube अनी यस्तै अरु कुनै भिडियो Sharing साईटबाट भिडियो हेर्दै हुनु हुन्छ र तपाईंलाई उक्त भिडियोको Sound मात्र आफ्नो कम्प्युटरमा Save गर्न ?? जस्तै त्यहा तपाईंलाई मन पर्ने गीतको भिडियो चल्दै छ तर तपाईंलाई त्यो भिडियोको Sound मात्र Mp3 Format मा चाहिएको छ ।

यसको लागि तपाईंले अन्लाईनमा थुप्रै बिकल्पहरु पाउनसक्नु हुन्छ । तपाईंले यो प्रकृयाको लागि कुनै Software Install गर्नु पर्ने जरुरी पर्दैन । अन्लाईन बाटै तपाईंले यो प्रकृया सजिलै गर्न सक्नु हुन्छ । यहाँ तल दिईेएको जुन साईटको मद्दतले तपाईंले अन्लाईन भिडियोलाई सजिलै Mp3 मा Convert गरी आफ्नो कम्प्युटरमा Save गर्न सक्नुहुनेछ ।
                                        सबै भन्दा पहिला आफुलाई मन पर्ने Video Play गर्नुहोस त्यसपछि Share Box मा  क्लिक गरी प्राप्त Link लाइ Copy गरी तल दियको Link Open गरी Pest गर्नुहोस र Convert मा क्लिक गर्नुहोस र डाउनलोड गर्नुहोस. 


Click here to convert video2mp3


                                                                    Screen Shot


Tuesday, October 11, 2011

किन

खुशी खुशीको संसार भए दु:ख भोग्नु पर्थ्यो किन ।
अमृत खोजेर पाउने भए मृत्यु लिन आउथ्यो र किन ।।


विश्वाश भए मायामा जिउदै माया मर्थ्यो किन ।
डढेलो लागेको बन झै उजाड हुन्थ्यो र मन किन।। 

                       
पिडा नभए जीवनमा हाँसो लुकाउन पर्थ्यो किन ।

खुशी सँग सम्झौत गरे आँशु बगाउनु पर्थ्यो र किन ।।

सम्झना मै बाँच्न सके माया लाउनु पर्थ्यो किन ।
छोडी जाने बैगुनीलाई सम्झेर रुनु पर्थ्यो र किन ।।


प्रसाद जस्तो तिम्रो माया बाँड्दै हिड्नु पर्थ्यो किन ।
घुम्टो ओडी मेरो सामु लुकेर हिड्नु पर्थ्यो र किन ।।


अर्थ बिना को माया भए नाटक गर्न पर्थ्यो किन ।
धोका दिन जान्ने मान्छे नायक बन्न पर्थ्यो र किन ।।


संसार चिन्छु भन्ने मान्छे आखिर रुनु पर्थ्यो किन ।
माया चाख्ने बानी भए विश्वाश दिनु पर्थ्यो किन ।।                                                                                           

                                                                                                                                                                                                                   
                                                                                                        देबराज श्रेष्ठ
                                                                                                                           बार्इस जांगर तनह्ं
                                                                                                                                                                                    

 Share

Saturday, September 17, 2011

हिजो सम्म

हिजो सम्म तिमीलाई मेरो मात्र अभाब थियो ,
तिम्रो मेरो संबंधमा न कसैको दबाब थियो !!

किन तोड्यौ चोखो नाता मैले सोध्दा खेरी ,
चुपचाप मौन तिमी न ओठमा जवाफ़ थियो !!

अरु संग जिऊन परे त्यागि दिंछु प्राण भंदा ,
लाग्थ्यो त्यो बोलीमा भित्र कतै रवाफ़ थियो !!

मंद बोली , सभ्य बानी कति सुंदर रुप तिम्रो ,
बल्ल बुझ्न पाएं मैले त्यो मुहारमा नकाब थियो !!
                                                                                                                    - बिनोद अधिकारी
भने को'भा हांसि हांसि बिदा दिंथे खुसि मानी ,                                           तनहूँ
भन्नु पर्थ्यो म बाहेक तिम्रो अंतै झुकाब थियो !!

 
                                        
Share
                             

Wednesday, September 14, 2011

उच्च माध्यामिक् शिक्षा परिषद (HSEB) को नतिजा प्रकाशित

उच्च माध्यामिक् शिक्षा परिषद को नतिजा प्रकाशित तपाईंको आफ्नो नतिजा हेर्नको लागि तलको लिन्क मा क्लिक गर्नुहोस्। र उक्त फोरम मा आबस्यक कुराहरु भर्नुहोस् 



Share

Saturday, July 30, 2011

यति दुख्यो मुटु

यति दुख्यो मुटु मेरो झर्ने होकि कुन्नि ।          
मुटुभित्रै तिम्रो माया मर्ने हो कि कुन्नि ।
तिमी मेरो नजीक हुँदा डर लाग्छ यस्तो                           
मेरो व्यथा तिमीलाई सर्ने हो कि कुन्नि  ।
साँचो मनले माया गर्छु भन्छौ आज भने  
केही दिन मै तिम्रो मन भर्ने हो कि कुन्नि ।
मन पनि बद्लिनलाई बेर लाग्दैन रे
अर्कै मनमा मायाको बिउ छर्ने हो कि कुन्नि ।
सँगसँगै किनारसम्म आई पुगेपछि
मलाई एक्लै छोडी पारि तर्ने हो कि कुन्नि ।
जिन्दगीभर साँची राखें, आँसु सम्हालेर                                           
एकैचोटि अब रुनु, पर्ने हो कि कुन्नि ।                                                                 - प्रदीप लाल श्रेष्ठ
                                                                                                                              कालीमाटी,तनहूँ
                                                                                                                                                                                           

 Share

मायाको खातिर

म अस्ताए पनि तिम्रो नजर बाट                                    
म ढले पनि तिम्रो अधर बाट
बन्द नगर स्मृतिका पानाहरु
अनी
न मेटाउ मुटु भित्र कोरिएका व्रित चित्रहरु
तिम्रो अपार प्रेम सागरमा म सुके पनि
तिम्रो अनमोल बाचा र कसममा म चुके पनि
न फेर मायाका काँचुलीहरु
न भत्काउ मनका बाँधहरु
बरु
जलाई देउ मेरा तस्बिरहरु
तिम्रो रंगिन संसार लाई तगारो बन्छ    भने                       
हाँसेर आँसु बगाउन सिकौला                                                                              -देवराज  श्रेष्ठ
 तर                                                                                                                      बाईस जांगर,  तनहूँ
न निभाउ प्रेमका धुनीहरु
न चुँडाउ प्रेमका चँगाहरु
बरु
सजाइ राख मन भित्र माया अनी आँखा भरी सम्झनाका कोसेलीहरु
मायाको खातिर
तिम्रो प्रेममा पर्खाल लागे पनि
न जलाउ हाम्रो प्रेम का अबसेशहरु
अनी
न छोड नियाल्न मयाका क्षितिजहरु
कुनै दिन
तगारो उग्रिन सक्छ
पर्खाल भत्किन सक्छ
क्षितिज् मा फेरी कान्तिमय लाली उदाउन सक्छ
अनी
इतिहास फेरी दोहोरिन सक्छ
साँचिकै ईतिहास दोहिरिन सक्छ

                                                             
Share

Monday, July 4, 2011

इतिहास रच्ने अवसर नेपाली लाई



काठमाडौ, अषाढ १९ - नेपालले इस्ट टिमोरलाई दोस्रो लेगमा ५-० ले हराएर फिफा विश्वकप फुटबल-२०१४ छनोटको दोस्रो चरणको यात्रा शनिबार निश्चित गरेको छ । प्रतिद्वन्द्वीलाई पन्छाएर नेपालले विश्वकप छनोटको पहिलो चरण पार गरेको पहिलोपल्ट हो ।
नेपालले पहिलो लेगमा इस्ट टिमोरलाई २-१ ले पराजित गरेको थियो । त्यसैले समग्रमा नेपालको जित ७-१ को रह्यो । नेपालले विश्वकप छनोटको २६ वर्षे यात्रामा हात पारेको यो चौथो जित हो । तेस्रोपल्ट लगातार दुई खेलमा गोल गरेको नेपाल पहिलोपल्ट दुई खेलमा अपराजित रह्यो ।
यसअघि एक जित वा बराबरीलगत्तै नेपालले नतिजा सुम्पँदै आएको थियो । छैटौंपल्ट विश्वकप छनोटमा सहभागी नेपालले २६ खेलमा अहिलेसम्म ४ जित, २ बराबरी र २० हारको नतिजा बेहोरेको छ । त्यसमा २२ गोल गर्दै ८८ गोल खाएको छ ।
करिब १५ हजार दर्शकले भरिएको दशरथ रंगशालामा नेपालले अन्तिम ३४ मिनेटमा चार गोल गर्‍यो । फिफा वरीयतामा ५४ स्थानमुनिको प्रतिद्वन्द्वीविरुद्ध नेपालले चौथो मिनेटमै अग्रता लिएको थियो । इस्ट टिमोरका कोरेइयाले पेनाल्टी क्षेत्रमा जगजित श्रेष्ठलाई लडाएपछि रेप|mी ली मिन हुले नेपाललाई पेनाल्टीको मौका दिएका थिए ।
त्यसमा अनिलले गोल गर्दै नेपाललाई अघि बढाए । उनले पहिलो लेगमा पनि पेनाल्टीमा गोल गरेका थिए । राष्ट्रिय टिमका लागि १५ खेलमा उनको यो सातौं गोल हो । दोस्रो गोल भोला सिलवालको नाममा रह्यो । अनिलको पासमा इस्ट टिमोरका गोलकिपर डियामान्टिनो लियोङ र डिफेन्डर कोरेइयाको असमझदारीमा प्राप्त बलमा भोलाको फिनिसिङ उत्कृष्ट थियो ।
त्यसको ३ मिनेट नबित्दै जुमनु राईले करिअरको नवौं गोल गर्दै नेपाललाई ३-० ले अघि बढाए । विराज महर्जनको क्रसमा बल नियन्त्रण गर्दै उनले पेनाल्टी बक्स लाइनबाट सुन्दर गोल गरेका थिए । अनिल ओझाले ८९ औं मिनेटमा प्रहार गरेको बल गोलकिपर लियोङले फर्काए ।
त्यही रिबाउन्ड बललाई वान-टचमा पोस्टको दिशा दिई जगजितले चौथो गोल गरे । त्यसको एक मिनेट नबित्दै सब्स्िटच्युट सुजल श्रेष्ठले पाँचौं गोल गरे । एक डिफेन्डरलाई छक्याएर उनले सेकेन्ड बार च्याप्दै खेलकै उत्कृष्ट गोल गरे । जुमनुको स्थानमा ६४ औं मिनेटमा उनी मैदानमा छिरेपछि नेपालले उत्कृष्ट लय समातेको थियो ।
भोला, जगजित र सुजलले राष्ट्रिय टिमका लागि पहिलोपल्ट गोल गरेका हुन् । नेपाल प्राप्त थप ७ अवसरमा भने गोल गर्न असफल रह्यो । दोस्रो मिनेटमै सन्दीप राईले २५ यार्डबाट प्रहार गरेको पि|m-किक बल क्रसबारमा लागेर फर्केको थियो ।
'पहिलो हाफमा थुप्रै अवसरमा गोल गर्न सकेनौं,' नेपालका प्रशिक्ष्ाक ग्राहम रोबर्ट्सले भने, 'राम्रो गर्नेमा आत्मविश्वासी थियौं र राम्रो खेल पनि प्रस्तुत गर्‍यौं । एक-अर्कालाई बल पास दिए गोल हुन्छ भन्ने दोस्रो हाफमा प्रमाणित गर्‍यौं ।'
दर्शकको समर्थन र स्वदेशमै दुवै खेल खेल्ने मौकाले फाइदा पुर्‍याएको प्रशिक्ष्ाक रोबर्ट्सले बताए, 'अर्को चरणमा जोर्डनलाई पनि घरमा हामी हराउनेछौं ।' जोर्डन र नेपाल होम एन्ड अवेका आधारमा साउन ७ र १२ गते भिड्नेछन् । 'पहिलो खेलमा वषर्ाले गाह्रो भएको थियो,' नेपालका कप्तान सागर थापाले भने, '५-० को जितले हामी इस्ट टिमोरभन्दा राम्रो हौं भन्ने प्रमाणित गर्‍यौं ।'
'शारीरिक रूपमा हामी पछि थियौं र सुरुमै पेनाल्टी गोलले पछि परेकाले मानसिक रूपमा पनि तल पर्‍यौं,' इस्ट टिमोरका सहायक प्रशिक्षक मिगेल डे कोस्टाले भने, 'दुवै खेल नेपालमा खेल्नु समस्या रह्यो । नेपाललाई बधाई छ र अर्को चरणमा सफलता प्राप्त गर्नका लागि शुभकामना ।'
नेपाली टिम किरण चेम्जोङ (गोलकिपर), सागर थापा -कप्तान), रोहित चन्द, विराज महर्जन, विकाससिंह क्षेत्री, सन्दीप राई (शिव श्रेष्ठ-८२), भोला सिलवाल -अनिल ओझा-७२), जगजित श्रेष्ठ, नीराजन खड्का, जुमनु राई (सुजल श्रेष्ठ-६४) र अनिल गुरुङ ।


Thursday, June 30, 2011

कालिका उच्च मा. बि. पुर्कोट





 पुर्कोट  - कालिका उच्च मा बि पुर्कोट बाट गत साल २०६७ चैत महिना मा लिइयको एस् ल सी परिक्षा मा ९९ बिधार्थी हरु सहभगी भएका थिए जस मध्य ९९% बिद्यार्थी उतिर्ण हुन सफल भए भने २ जना बिद्यार्थी अनुउस्पथी भएका थिए सहभगी बिद्यार्थी मध्य बाट २ जना बिद्यार्थी प्रकाश श्रेष्ठ र  नबिन अधिकारी ले डिस्टिनेसन ल्याउन सफल भएका भने ३३ जना बिद्यार्थी ले फर्स्ट डिभिजन ५२ जनाले सेकेन्ड डिभिजन र २ जनाले थर्ड डिभिजन ल्याउन सफल भएका छन् सम्पुर्ण सफल बिद्यार्थीहरु लाई कालिका उच्च मा बि हार्दिक धन्यबाद् का साथ् उज्ज्वल भबिस्य को कामना गर्दछ। समाचार को लागि श्री चिज कुमार सर लाई पनि बिशेष धन्यबाद् दिन चाहन्छु ।                     
                                                                                                          -देवराज श्रेष्ठ



सरोज कुमार श्रेष्ठ को विदाइ कार्यक्रम्

  पुर्कोट कालिका उच्च मा बि का हेड मास्टर श्री सरोज कुमार श्रेष्ठ ज्यु को यहि २०६८ असार ११ गते ६० बर्ष पुरा भएको मा उहाँ ले अनिबार्य अबकाश लिदै हुनु हुन्छ।  सरोज कुमार श्रेष्ठ को विदाइ को फोटो हरु









                                          सरोज कुमार श्रेष्ठ को विदाइ को फोटो हरु



Share

Wednesday, June 29, 2011

भिक्टरले ल्याए अंग्रेजीमा ९९ अंक

 
 
भिक्टोर पौडेल
तनहुँ, अषाढ १३ - यस वर्षको एसएलसी परीक्षामा सहभागी ढोरफिर्दी ३ लालिमका १७ वर्षीय भिक्टोर पौडेलले अनिवार्य अंग्रजीमा ९९ अंक प्राप्त गरेका छन् ।
जिल्लाको दुलेगौंडा ७ गाछेपानीस्थित वाल विद्या मन्दिर हाईयर सेकेण्डरी स्कुलवाट उनी एसएलसी परफक्षामा सहभागी थिए । उनको जन्म २०५१ साल असार ६ गते हो भने सिम्वोल नम्वर ०४२२९७४ ‘एस’ रहेको छ । 
उनले अंग्रेजीमा ९९ अंक आउनु सामान्य झै लागेपनि विभिन्न पत्रपत्रिकामा अंग्रेजी विषयमा ९८ अंक हाँसिल गरेकालाई नेपालकै प्रथम भनेर प्रचार गरिएपछि आफुले पनि ९९ अंक प्राप्त गरेको जानकारी गराउन चाहेको वताए ।
‘एसएलसीको परीक्षामा अनिवार्य अंग्रेजीमा ९९ अंक आउनु सामान्य नै होला भन्ने लागेको थियो’ काठमाडौंमा रहेका उनले ईकान्तिपुरलाई भने, ‘तर सवैले ९९ अंक हाँसिल कसैले गरेका थिएनन् भनेपछि छक्क परेको छु ।’
उनले एसएलसीको परीक्षा भएको दिन रिजल्ट हेर्दा अंग्रेजीमा ९९ अंक आउला भनेर कल्पना नै नगरेको वताए । ‘परीक्षा सकेर आएपछि ९० अंक आउला भन्ने सोंचेको थिएँ’ परिक्षाको समयमा परिश्रम गरेर पढेको वताउँदै उनले भने, ‘नम्वर पत्यारै नलागेपछि काठमाडौंमा रहेका विज्ञान शिक्षक कमल सिग्देललाई समेत ५ पटक हेर्न लगाएँ ।’
आँफुलाई अंग्रेजी र विज्ञानमा विषेश रुचि रहेको पौडेलले वताए । पौडेलले प्राथमिक विद्यालय पश्चिमाञ्चल प्रहरी आवासिय मावि दुलेगौंडा र निमावि तह सोही ठाउँस्थित जिव जुन मेमोरियल सेकेण्डरी वोर्डिङ् स्कुलमा पढेका थिए ।
पौडेलका वावु ईश्वरीप्रसाद  एसएलसीसम्मको अध्ययनपछि भारतिय सेनामा कार्यरत छन् । आमा टिकामाया ढोरफिर्दी ३ स्थित ढोरफिर्दी प्राविमा विगत १४ वर्षदेखि पढाउँदै आएकी छिन् । निजी तर्फवाट प्रमाणतह उतिर्ण उनले प्रावि दरवन्दिमा पढाउँदै आएकी हुन् । पौडेलकी ४० वर्षीया आमा टिकामायाले छोरा भिक्टोरलाई कुनै पनि कुरा वुझ्न धेरै पढ्न नपर्ने प्रवृतिको भएको वताईन् ।
‘पढाईका कुराहरु एकै पटकमा वुझ्थ्यो’ आफु गाउको विद्यालयमा पढाउने भएकोले छोराको अंक नै सवैभन्दा धेरै होला भन्ने थाहा नभएको वताउँदै टिकामायाले भनिन्, ‘छोरा विशिष्ट श्रेणीमा उत्रिर्ण भयो त्यसैमा खुसी मानेका थियौं ।’
पौडेलले नेपालीमा ७६ अंक, गणितमा ९७ अंक, विज्ञानमा ८० अंक, सामाजिक शिक्षामा ८४ अंक, स्वास्थ्य तथा जनसंख्या शिक्षामा ८५ अंक, ऐच्छिक गणितमा ९० अंक र लेखामा ८८ नम्वर प्राप्त गरेका छन् ।
विद्यालयका  निर्देशक जिपि सिग्देलले पौडेल विद्यालयको परिक्षा तथा हरेक कृयाकलापमा उत्कृष्ठ भई रहने विद्यार्थी भएको वताए । ‘उनी कक्षामा प्रथम, द्धितिय भई रहेने विद्यार्थी हुन् ।’ उनले अंग्रेजी परिक्षामा ९९ अंक आउदा विद्यालयका शिक्षकहरु समेत चकित परेको वताउँदै भने, ‘हामी पनि उनको अंक प्रति अचम्मित छौं ।’



Share

Thursday, June 23, 2011

तपाईंको लागि उपयोगी सफ्ट्वयरहरु

  तपाई लाइ आबस्यक परेको सफ्टवयर  पनि हुन सक्छ तल दियको लिंक मा क्लिक गरेर डाऊनलोड गर्नुहोस यस भित्र १०० वटा भन्दा बढ़ी उपयोगी तथा नाम चलेका   सफ्टवयर  दियको छू सफ्टवयर हरु निम्न लिखित Category  मा आधारित छन

1. Browsers and Plug ins
2. Anti Malware
3. Audio and Video
4. File Sharing
5. Fire walls and Security
6. Massaging and Chat
7. System Tuning
8. CD and DVD Tools
9. Photo and Images
10. Drivers
11. Compression and Back up
12. Office and News
13.Developer Tools
14. Networking and Admin

सफ्टवयर डाऊनलोड गर्नको लागी यहाँ क्लिक गर्नुहोस   

Share

Monday, June 20, 2011

एस.एल.सी.२०६७ को नतिजा प्रकाशित

परिक्षा नियन्त्रण कार्यालय सानो ठिमीले गत चैत्र महिनामा सन्चालन गरेको प्रवेशिका परिक्षा एस.एल.सी. २०६७  को नतिजा प्रकाशित गरेको छ ।परिक्षाको नतिजा NTC को साईटमा गएर हेर्न सक्नु हुन्छ जसमा सिम्बल नम्बर मात्र राखेर नतिजा वा सिम्बल नम्बर र जन्म मिती राखेर कुन बिषयमा कती नम्बर आएको छ हेर्न सकिन्छ ।
        २०६७ सालको एसएलसीमा ५५ दशमलव प्रतिशत बिध्यार्थी उत्तीर्ण भएका छन् नियमित तर्फको यो नतिजा गत वर्ष भन्दा प्रतिशतले घटेको
आंशिक तर्फ १७ दशमलव प्रतिशत बिध्यार्थी उत्तीर्ण भएका छन् केन्द्रीय परीक्षा समितिको सोमबारको वैठकले नतिजा सार्वजानिक गरेको हो
परीक्षा नियन्त्रक सूर्यप्रसाद गौतमका अनुसार कुल लाख ५४ हजार २२ जना परीक्षार्थीमध्ये लाख ३० हजार सय ९९ सय जना उत्तीर्ण भएका छन् नतिजा अनुसार २० हजार सय ११ जनाको विशिष्ट श्रेणी (डिस्टिङ्सन) ८२ हजार सय १९को प्रथम श्रेणी सबैभन्दा बढी लाख हजार सय ९५ जना दोस्रो श्रेणीमा उत्तीर्ण भएका छन् तेस्रो श्रेणीमा उत्तीर्ण हुनेको संख्या हजार सय ४१

'झण्डै ४४ प्रतिशत बिध्यार्थी एसएलसीमै फेल हुनु शैक्षिक क्षति हो', गत सालभन्दा कम बिध्यार्थी उत्तीर्ण हुनुको कारणबारे नियन्त्रक गौतमले नतिजा सार्वजानिकपछि भने, 'हरेक साल फरक सिकाइ क्षमता भएका विद्यार्थी अध्ययन गर्छन्, त्यसकारण नतिजा तलमाथि परिरहन्छ यसले बिध्यार्थीको क्षमता अनुसार बिध्यालयको पठन पाठन प्रभावकारी छैन भन्ने देखाउँछ शैक्षिक सत्रको सुरुदेखिनै प्रभावकारी शिक्षण चलाउन ध्यान दिनु पर्छ '
लाख ४४ हजार बिध्यार्थी विषयमा अनुतीर्ण भएका छन् नम्बर ग्रेस दिदा १७ हजार सय ४० जना उत्तीर्ण भएको गौतमले बताए उनले यसपालीको परीक्षा सुरुदेखिनै विगत वर्षमा भन्दा मर्यादित भएको तथा नतिजा प्रकाशनमा पनि मिसिङ कम भएको बताए परीक्षा गत चैत १० देखि १८ गतेसम्म चलेको थियो प्ररम्भीक अनुमान अनुसार सामुदायिक बिध्या लयको नतिजा कमजोर भएको यसको विश्लेषण भने भइसकेको छैन पछिल्लो वर्षमा यो सबैभन्दा कमजोर नतिजा हो
शिक्षा सचिव शंकर पाण्डेले अध्ययनपछिमात्रै बिध्यार्थी को नतिजा विश्लेषण गर्न सकिने बताए 'अहिलेनै यसको कारण बताउन सकिन्न', उनले कान्तिपुरसित भने, 'यसैमा निरास हुनु पर्दैन पढ्ने सबै पास हुनु पर्छ भन्ने आधारभूत कुरा हो, तर त्यसमा सुधारका ठाउ धेरै छन् सरकार सुधारका पक्षमा ' नतिजा २०६२ पछि बढ्दै गएको थियो पछिल्लो वर्षमा यो सबैभन्दा कम हो शिक्षाविद् डा विष्णु कार्कीले यसले शिक्षक, परीक्षा तथा पठन पाठनमै प्रश्न खडा गरेकेा टिप्पणी गरे उनले भने, '४४ प्रतिशत बिध्यार्थी फेल हुनुमा कहा कमजोरी भयो, शिक्षकले पनि सोच्नु जरुरी '

२०६० देखि २०६७ सम्मको उतीर्ण प्रतिशत 

२०६७ साल ः ५५.५० प्रतिशत
२०६६ साल ः ६४.३१ प्रतिशत
२०६५ साल ः ६८.४७ प्रतिशत
२०६४ साल ः ६३.७३ प्रतिशत
२०६३ साल ः ५८.६४ प्रतिशत
२०६२ साल ः ४६.५१ प्रतिशत
२०६१ साल ः ३८.७२ प्रतिशत
२०६० साल ः ४६.१८ प्रतिशत

रिजल्ट यहाँ क्लिक गरी डाउनलोड गरेर हेर्नु होला


अरु Download link को लागि
Regular तर्फ को हेर्न यहाँ क्लिक गर्नुहोला
Exempted तर्फ को हेर्न यहाँ क्लिक गर्नुहोला


Please click on below link and enter the symbol no and get your SLC result at once.

click here to check SLC result



Share

Wednesday, June 1, 2011

गरिबको भाग्य



कुनै एउटा गाउँ थियो । त्यो गाउँ अत्यन्तै रमणीय थियो । त्यही गाउँको एउटा रमणिय वातावरणमा गरिब मानिसको घर थियो । आमा, बाबा पाँच छोरी र एउटा नाबालक सानो छोरोसहितको परिवार थियो ।
मदनबहादुर बा, चन्द्रकुमारी आमा र तिनीहरूको जेठी छोरीदेखि कान्छा सानो छोराको नाम यसरी क्रम मिलाएर राखिएको थियो । सुनिता, अनिता, सरिता, ललिता, पनिता र कान्छो सानो छोरोको नाम रमेश थियो । उनीहरूको घरमा सधैँ कलह र झगडा भइरहन्थ्यो । उनीहरू पढ्न त के राम्रो खान लाउन समेत पाउँदैनथे । यसरी दुःख र पीडा भोग्दा भोग्दै मदनबहादुरले जेठी, माहिली र साहिली छोरीको साधारण तरिकाले विवाह गरिदिन्छ । आफ्नो जन्मघरमा त सुख नपाएका छोरीहरूले अर्काको घरमा गएर के सुख पाउँथे । घरमा भएका दुई छोरी र एक छोराले पनि कहिले राम्रो खान र लाउन पाएनन् । कहिले कहीँ त खान नपाएर भोकभोकै बस्नुपथ्र्यो । भोकै बस्दा र गाउँका साथीहरूको नराम्रो व्यवहारले ती सानानानी बाबुलाई कति पीडा हुन्थ्यो । भगवानले पनि गरिबलाई हेला गरेर आलो घाउमा नुन छर्केजस्तै ती दुई छोरी र नाबालक छोराको बुबा आमालाई महिना दिनको अन्तरमा परलोक गए ।
बा आमा छँदा त मागेर वा ज्याला मजदुर गरेर पनि ती नानी बाबुलाई खाना खुवाउँथे । बा आमा गुमेपछि उनीहरू भोकै बस्नुपथ्र्यो । साथीहरू पनि ब आमा मरेका टुहुरा सन्तान भनेर हेला र घृणा गर्थे । विचरा ती दिदीबहिनी र सानो भाई बाटो बाटोमा एकपैसा भन्दै आफ्नो दख्खका कुराहरू भन्थे सुनिदिने कोही थिएनन् । बल्ल तल्ल २।४ पैसा हुन्थ्यो तर त्यति पैसाले त उनीरूलाई राम्रो लगाउन त के एक छाक पेटभरी खानसमेत पुग्दैनथ्यो । विचरा ती बच्चाहरूको धनसम्पत्ति भनेको एउटा सानो खरले छाएको र वरिपरि बाँसले घेरेर बनाएको सानो छाप्रो थियो त्यो पनि अर्काको जमिनमा निर्माण गरिएको थियो । केहि सीप नलागेर त्यही गाउँको एउटा धनी मानिसले ती दुई दिदीबहिनी र भाइ रमेशलाई राम्रो खान लाउन र पढ्न दिने लोभमा काठमाडौँको भिन्दाभिन्दै घरमा लगेर बेचिदियो । तिनीहरू राम्रो पढ्न खान र लाउन त के एकछिन पनि आराम गरेर बस्न पाउँदैनथे । घरमा सबैले खाएका जुठो भाडाहरू माझ्न, लुगा धुन र घरको सरसफाई गरी घरका सबैलाई आदर सम्मान गर्नु उनीहरूको दैनिक काम थियो । घरमा सबैले खाना खाइसकेपछि बाँकी रहेको खाना खान पाउँथे कहिलेकाहीँ बाँकी रहेन भने भोकभोकै हुन्थे । अकस्मात बिरामी परेमा उनीहरूको घरमालिकले वास्ता गर्दैनथे के भयो कसो भयो नसोधी काम गरे गर नगरे घर छोडेर जहाँ जान मन लाग्छ त्यही जा भन्थे ।
एकदिन रमेश बिरामी पर्छ । जब उसले कुनै काम गर्न सक्दैन । त्यसपछि त्यस घरका मानिसहरूले रमेशलाई घरबाट निकालिदिए । भर्खरै १० वर्षको ऊ हिँड्नै नसक्ने गरी बिरामी हुन्छ । दैवसंयोग एउटी अधवैँसे महिलाले रमेशलाई घर लगि औषधिउपचार गरी निको तुलाइदिन्छिन् । रमेश निको भएपछि आफ्नो निश्चित टुङ्गो नभएको बाटो लाग्छ । उ सडकमा भौतारिँदै हिँडिरहेको बेलामा उसलाई एक व्यक्तिले देखि खलासी बनाउन लाग्छ । आजभोलि पनि ऊ माइक्रोबसमा ढोकामा लड्ला झँै गरी झुण्डिँदै कराउँदै हिँड्छ । बिचरा ऊ किन नकराओस् त माइक्रोमा झुण्डेर कराउनु नै उसको जिन्दगी भइसकेको छ । उसले त्यस्तो काम गरेर नै जिन्दगी धान्नुपर्दछ । त्यो नै उसको एकमात्र जीवन धान्ने उपाय हो । आजभोलि पनि ऊ त्यही काम गर्दैछ । उता दिदीहरू अर्काको घरमा भाँडा माज्दै र लुगा धुँदै आफ्नो जीवन बचाउने कम गर्दैछन् । यसरी दुःख गर्दै बचेको समयमा पढ्दै उनीहरू स्कुल जान थाले । मेहनत गर्दै परीक्षामा सफल हुँदै गए । यसरी मेहेनतले पढ्दै जाँदा उनीहरू सबै पछि ठूला मान्छे बनेर आ-आफ्नो जीवन सुखपूर्वक बाँच्न सके ।
मनिका थापामगर, कक्षाः ९









Monday, May 30, 2011

सुनको मूल्यमा नयाँ रेकर्ड

स्थानीय बजारमा आइतबार सुन मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । गत बिहीबारको रेकर्ड तोड्दै स्थानीय बजारमा आइतबार प्रतितोला सुनको मूल्य ४३ हजार ३ सय -दस ग्राममा ३७ हजार १ सय २५ रुपैयाँ पुगेको छ । बिहीबार स्थानीय बजारमा प्रतितोला सुनको मूल्य ४३ हजार १ सय ५५ -दस ग्राममा ३७ हजार) रुपैयाँ कायम भएको थियो ।

अमेरिकी डलर मजबुत भएकाले स्थानीय बजारमा सुनको मूल्य उच्च विन्दुमा पुगेको सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले बताए । 'अन्तर्राष्ट्रिय बजारमा रेकर्ड कायम नभए पनि डलर मजबुत भएकाले स्थानीय बजारमा भने मूल्य उच्च विन्दुमा पुगेको छ,' शाक्यले भने, 'डलर बलियो हुँदा स्थानीय बजारमा सुनको भाउ स्वाभाविक रूपमा बढ्छ ।' यस्तै कच्चा तेलको मूल्यमा भएको वृद्धि, सेयर बजारमा आएको गिरावट र सुनको भाउ अझै उकालो लाग्ने हल्लाले पनि मूल्य उकालो लागेको हो ।

अन्तर्राष्ट्रिय बजारमा आइतबार प्रतिआउन्स सुनको मूल्य १ हजार ५ सय ३६ अमेरिकी डलर पुगेको छ । बिहीबार प्रतिआउन्सको मूल्य १ हजार ५ सय २९ डलर कायम भएको थियो । अन्तर्राष्ट्रिय बजारमा कायम भएको मूल्य रेकर्ड भने होइन । गत वैशाख प्रतिआउन्स मूल्य १८ गते १ हजार ५ सय ६३ डलर पुगेर रेकर्ड कायम गरेको थियो ।

यसरी थपियो संविधानसभाको आयु

जेठ १४ गते मध्यरातअगावै संविधानसभाको कार्यकाल थप्न भरमग्दुर प्रयास गरिए पनि सहमति जुट्दा भोलिपल्टको मिर्मिरे भइसकेको थियो । बल्लतल्ल जेठ १५ को बिहान ४ बजे प्रमुख तीन दलका शीर्ष नेताहरू पाँचबुँदे सहमतिमा हस्ताक्षर गर्न सफल भए । अघिल्लो दिन बिहान ८ बजेका निम्ति बैठक डाकिएकाले सभासदहरू नास्तासमेत नगरी संविधानसभा भवन पसेका थिए । तर उनीहरूले २० घन्टापछि मात्र 'खास काम' पाए ।

राष्ट्रपतिबाट संविधान संशोधन विधेयक प्रमाणीकरण भएको सूचना संसद्मा सुनाउँदा झन्डै बिहानको साढे ६ बजेको थियो । संविधानसभाको समयावधि सकिनुअगावै सुरु भएको संसद् बैठकको प्रक्रियाबाट संविधान संशोधन भएकाले यसको वैधतामा प्रश्न उठ्ने व्याख्या सर्वोच्चले यसअघि नै गरिसकेको छ । अवधि थपसम्बन्धी मतदानमा ५ सय ९६ सभासदमध्ये ५ सय ४ ले प्रस्तावको पक्षमा र राप्रपा नेपालका चार सभासदले विपक्षमा मतदान गरेका थिए । संविधानसभाको कार्यकाल तीन महिना थप्न सहमति जनाए पनि मधेसी मोर्चाले सहमतिका क्रममा तीन दलले आफूहरूलाई 'उपेक्षा गरेको' भन्दै मतदानमा भाग लिएन । मोर्चामा फोरम -लोकतान्त्रिक), फोरम -गणतान्त्रिक), तमलोपा, तमलोपा नेपाल र सद्भावनाका गरी ७१ सभासद छन् ।

रातभरि सुत्न नपाएका सभासदहरू मतदानका बेला निकै थकित देखिन्थे । उनीहरूको मुहारमा खासै चमक थिएन । हुन्छ/हुन्नमा हात उठाउँदा प्रधानमन्त्री झलनाथ खनालसमेत झुक्किएका थिए । सभामुख सुवास नेम्वाङले तीन महिना कार्यकाल बढाउने प्रस्ताव दुई तिहाइले पारित भएको घोषणा गर्दा पनि तालीको गुन्जन सुस्त थियो । लाथ्यो, खासै केही भएकै छैन ।

रातभरिको भोक र निद्राले रन्थनिएका नेताहरू बैठक कक्षबाट बाहिरिँदा मिडियासँग कुराकानी गर्नसमेत इच्छुक देखिँदैनथे । लामो कोठे बैठकमा नेताहरूले समय बिताएपछि सभासदहरूले प्रस्तावमाथिको सैद्धान्तिक र दफावार छलफलमा समेत भाग लिएनन् । छलफलमा भाग लिने सभासदको सूची प्राप्त नभएको भन्दै सभामुखले मत विभाजन प्रक्रिया थालेका थिए ।

एमाले नेता भीम रावलले पत्रकारसामु पाँचबुँदे सहमति सार्वजनिक गर्नुअघि बाहिर अनेक थरी जानकारीहरू आएका थिए । कहिले ६ महिना म्याद थपिएको त कहिले एक महिना म्याद थप्ने समझदारी बनेको हल्ला चलेका थिए ।

अघिल्लो दिनसम्म १० बुँदे सर्त पूरा नभए संविधान संशोधन प्रक्रिया अघि बढ्न नदिने कांग्रेसको अडान र हतियार तथा लडाकु व्यवस्थापनमा लचिलो नहुने माओवादीको भनाइले संविधानसभाको म्यादै थपिँदैन कि भन्ने आशंकासमेत बढेको थियो । त्यसबीचमा सभासद विनोद चौधरी र सपना मल्लको संयोजनमा प्रदिप गिरी, राधेश्याम अधिकारी, रामनाथ ढकाल, गगन थापा, अग्नि खरेल, विन्दा पाण्डे, प्रकाशचन्द्र लोहनी, खिमलाल देवकोटासहितको अनौपचारिक छलफलमा एक/डेढ महिनाका लागि मात्र म्याद थपेर शान्ति प्रक्रिया र संविधान निर्माणका मूल विषयमा दलहरूबीच सहमति खोज्न दबाब दिने समझदारी भएको थियो ।

त्यसअनुरूप सहभागीहरूले आ-आफ्नो दलमा लबिङ गरेका थिए । उनीहरूको अभियानमा सबैजसो दलका सभासदहरूले जनाएको सहमतिले संविधानको पुनर्जीवनका लागि मद्दत गरेको थियो । राति अबेरसम्म कांग्रेसले एक महिना मात्र म्याद थपेर शान्ति प्रक्रियाको प्रगति हेर्ने र सन्तोषजनक काम भए फेरि समय थप्न सकिने अडान राखेको थियो । माओवादीले भने म्याद थप किस्तामा नभई एकैपटक ६ महिनाका लागि गर्नुपर्ने बताएको थियो । लडाकु समायोजनसहितको शान्ति प्रक्रिया विवाद र छलफलको केन्द्र थियो । माओवादी अस्थायी शिविरका हतियारको साँचो विशेष समतिलाई बुझाउने, माओवादी नेताहरूको दोहोरो सुरक्षा प्रणाली शनिबारबाटै अन्त्य भएको घोषणा गर्ने, समायोजनमा लैजाने लडाकु संख्या यकिन गर्ने, समायोजनको मोडालिटी स्पष्ट पारी शान्ति र संविधानको स्पष्ट मार्गचित्रसहितको सहमति हुने बताइएको थियो । दुईपक्षीय र बहुपक्षीय वार्तामा सहभागी नेताहरूबाहेक अरू कसैलाई पनि भित्र के भइरहेको छ यकिन थिएन । अघिल्लो राति पौने १२ बजे संविधान संशोधन विधेयक सदनमा टेबल भएपछि दलहरूको सहमतिमा संविधानसभाको म्याद थपिन्छ भन्ने यकिन भएको थियो । तर त्यसका लागि गरिने सहमतिका लागि थप सवा चार घन्टा कुर्नुपरेको थियो ।

सहमतिको मध्यमार्गी बाटो पहिल्याउन सभासदहरूले दिएको दबाब, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहितका एमाले नेताहरूले बनाएको मस्यौदा, अडान छोडेर भए पनि संविधानसभा जोगाउन कांग्रेसभित्रैबाट नेतृत्वलाई दिएको चर्को दबाबका बीच तीन दल तीनमहिने कार्ययोजनाका लागि सहमत भएका थिए ।

बाँदरको कोसेली

चीनको एउटा गाउँमा एउटा परिवार बस्तथ्यो । त्यो परिवारमा आमा, बा र तिनीहरूका नौजना छोरीहरू बस्तथे । त्यो गरिब परिवार थियो । छोरा नभई स्वर्ग गइन्न भन्ने अन्धविश्वासले गर्दा त्यो घरमा वर्षैपिच्छे बच्चा जन्मन्थ्यो तर जति बच्चा जन्मे पनि छोरा भने जन्मेन । दसौँ छोरी जन्मिदा आमाको स्वास्थ्य एकदमै खराब भयो । छोरी नै छोरी जन्माएको भनेर बाबुले पनि उनीहरूको राम्रो हेरचाह गरेनन् । अन्तमा आमा र दसौँ बच्चा दुबैको मृत्युभयो । त्यसपछि ती केटीहरू टुहुरा भए ।
आमा मरेको केही दिनपछि नै उनीहरूका बाबुले सौतेनी आमा ल्याए । सुरुसुरुमा त सौतेनी आमाले माया गरेजस्तो गरिन् तर बिस्तारै बिस्तारै उनीमाथि सौतेनी भूत चढ्दै गयो । उनले स-साना कुरामा निहुँ खोजेर छोरीहरूलाई कुट्ने पिट्ने गर्न थालिन् । छोरा जन्माउली भन्ने आशामा बाबुले पनि छोरीहरूको रक्षा गर्नुको सट्टा श्रीमतीतिरै लागेर छोरीहरूलाई गाली गर्ने, पिट्ने गर्नथाले । सौतेनी आमाले ती केटीहरूलाई जङ्गलमा लगेर छाड्ने भए मात्रै आफू बस्ने नत्र छाडेर हिँड्ने धम्की दिएपछि बाबुले एकदिन छोरीहरूलाई लुकामारी खेल्ने भनेर उनीहरूका आँखामा पट्टी बाँधी घनघोर जङ्गलमा लगी छाडेर आए ।
बाबुले झुक्याएर आफूहरूलाई जङ्गलमा छाडेको केटीहरूले अबेला मात्रै थाहा पाए । उनीहरूले जङ्गलबाट निस्कने धेरै प्रयाश गरे तर कसैगरे पनि बाटो फेला पारेनन् । उनीहरू भोक र थकाइले रन्थनिँदै यताउता भौँतारिन थाले । सानासाना बहिनीहरूलाई अलि ठूला दिदीहरूले च्यापेर-बोकेर उनीहरू ओडारमा पुगे र स्याउला ओछ्याएर बसे ।
ठूली केटी बहिनीहरूका लागि केही खानेकुरा पाइन्छ कि भनेर ओडारबाट अलि परतिर लागी । यतिकैमा उसले एउटा बाँदर रूखमा बसेर केही चिज खाँदैगरेको देखी । ती चिजहरू कुनै गोला, कुनै लाम्चा, कुनै राता, कुनै पहेँला र कुनै हरिया थिए । बाँदरले रूखका हाँगामा झुण्ड्याएर ती चिजहरू राखेको थियो । ऊ पालैपालो ती चिजहरू स्वाद मानीमानी खाँदैथियो । केटीले ताली बजाएर बाँदरलाई बोलाई र आफूलाई पनि खान देऊ भनी । बाँदरले वास्तै नगरी खाइरहृयो । केटीले रिसाएर ढुङ्गो उठाउँदा बाँदरले केटीलाई झम्टियो । केटी डराई र चुप लागी ।
जति कोसिस गर्दा पनि बाँदरले ती चिज दिँदै दिएन । केटी ओडारमा फर्किएर आई र बहिनीहरूलाई बाँदरले खाइरहेका अनौठा र रङ्गीविरङ्गी चिजहरूको वर्णन गरी । त्यो सुनेर स-साना बहिनीहरूलाई ओडारमै छाडेर ठूलाठूला केटीहरू फेरि बाँदर भएको ठाउँमा गए । केटीहरूले बाँदरलाई शिर झुकाएर बिन्ती गर्दै खानेकुरा मागे तर बाँदरले उनीहरूलाई देखाइदेखाई सबै खानेकुरा खायो । टन्न अघाएपछि बाँदर केटीहरूतिर फर्केर ङच्िच हाँस्यो र पेट मुसार्दै डकारेर रूखको हाँगामा उपरखुट्टी लगाएर पल्टियो । केटीहरूलाई एकदमै रिस उठ्यो । साइली चाहिँ बहिनीले रिस्ााएर भुईँबाट एउटा दाउरो उठाएर झट्टारो हानी । बाँदरले पनि रिसाएर हाँगामा झुण्ड्याइराखेको एउटा खानेकुराको डल्लोले केटीहरूतिर हान्यो । केटीहरूले फेरि झटारो हाने । बाँदरले पनि ऊसँग बाँकी रहेका दुई-तीनवटा खानेकुराले हान्यो । बाँदर रिसाउँदै रूखको टुप्पोतिर लागेपछि केटीहरू ती चिजहरू लिएर ओडारमा फर्के ।
ओडारमा आइपुगेर उनीहरूले ती चिज खान हुने हो वा होइन भन्ने कुरामा छलफल गरे । जेठी दिदीले भनी- यो चिज म चाखेर हेर्छु । यदि मलाई केही भयो भने अथवा म मरेँ भने तिमीहरूले यो चिज नखानु । यदि केही भएनछ भने सबैले मिलेर खाउँला ।
यसो भनेर जेठीले एउटा चिज अलिकति खाई । उसलाई केही पनि भएन । त्यसैगरी अर्को चिज माइलीले चाखी । अर्को चिज साँहिलीले चाखी । आखिरमा कसैलाई केही भएन । बरु ती चिजहरूको उदेकलाग्दो मीठो स्वाद थाहा पाएर उनीहरूलाई ती चिज कसरी पाउने र पेटभरि खाने भन्ने चिन्ताले सतायो । त्यो दिन रात परिहाल्यो । उनीहरू भोकै पेट सुते ।
भोलिपल्ट घाम झुल्किएपछि केटीहरू बाँदर बस्ने रूखमा पुगे । बाँदरलाई रिस उठाएर खानेकुरा फुत्काउन उनीहरूले निकै प्रयास गरे तर सकेनन् । बाँदरले रूखको टुप्पामा बसेर मजाले खाना खायो र केटीहरूतिर हेरेर हाँस्तै पेट छामेर डकार्‍यो । केटीहरू रूखको फेदमा बसेर अब के गर्ने होला भनेर सोचविचार गर्नथाले । बाँदर भने टन्न खाएर पहारिलो घामतिर डडाल्नो फर्काएर मस्तले घुरीघुरी निदाएको रहेछ । काहिँली बहिनी निकै चलाख थिई । उसले बाँदर घुरेकोतिर देखाउँदै भनी- मलाई एउटा जुक्ति आयो ।
सबैले सोधे- के जुक्ति ?
काहिँली बहिनी नबोलिकन रूखमा चढी । बाँदरले थाहा नपाउनेगरी उसका खानेकुराहरू भुइँमा झार्न थाली । भुइँमा रहेका केटीहरूले धमाधम ती चिजहरू खाए । काहिँली बहिनीले अन्तमा एउटा पहेँलो लाम्चो चिजको बोक्रो निकाली र भित्रको सेतो गिलो पदार्थ बाँदर नजिकैको हाँगामा लतपत पारेर बेस्कन दलिदिई र रूखबाट ओर्लिई ।
एकछिनपछि बाँदर ब्युँझियो । उठेर यसो हेर्दा त आफ्ना खानेकुराहरू सबै गायव Û उसले ती अनौठा दुईखुट्टे जन्तुहरूले पो खाइदिए कि भनेर तल हेर्‍यो, तल केटीहरू मस्तले सुतिरहेका थिए । बाँदरले आफू नजिकैको हाँगामा आफ्नो खानेकुरा लतपतिएको देखेर सोच्यो, पक्कै पनि मेरो खानेकुरा यो रूखका हाँगाले खाएछ । अनि उसले रिसले त्यो हाँगा भाँचेर चिथोरचाथोर पारेर पर हुत्याइदियो । निदाएजस्तो गरेर बाँदरको चर्तिकला हेरिरहेकी काहिँली बहिनी आफ्नो योजनाअनुसार काम भएको देखेर मनमनै हाँसी ।
भोलिपल्ट पनि उसैगरी बाँदरले खानेकुरा खाएर जुँगा मुसारेर घाममा घुर्न थाल्यो । केटीहरूले पहिलो दिनजस्तै उसका खानेकुरा खाए र बाँकी रहेको एउटा खानेकुरा रूखको कापमा दलिदिए । बाँदरले ब्यँुझिएपछि रूखले नै आफ्नो खाना खाइदिएको भन्ठानेर रूखमा बेस्कन चिथोर्‍यो । पर्सिपल्ट केटीहरूले बाँदरले थाहा नपाउने गरी उसको पुच्छरमा खानेकुरा दलिदिए । बाँदरले आफ्नो पुच्छरले खानेेकुरा खाइदिएको भन्ठानेर आफ्नै पुच्छरमा बेस्कन टोक्यो । पुच्छरमा घाउ नै भयो । ऊ रिसले र पीडाले चिच्याउन थाल्यो ।
'बाँदरको घाऊ कहिल्यै बिसेक हुँदैन' भन्ने उखान त साथीहरूले सुन्नुभएकै होला । त्यहाँ पनि त्यस्तै भयो । बाँदरले आफ्नो घाउ चलाएर, कन्याएर, टोकेर झन्झन् ठूलो पार्‍यो । ऊ क्वाँ क्वाँ रुन थाल्यो । उसको पीडा देखेर केटीहरूलाई पनि दया लाग्यो । केटीहरूले उसलाई तल ओर्लन भने । बाँदर डराउँदै डराउँदै तल झर्‍यो । बाँदरको मन पगाल्न नै उनीहरूले यो जुक्ति लगाएका थिए । बाँदर मायालु अनुहार पारेर केटीहरूलाई टुलुटुलु हेर्न थाल्यो । केटीहरूले वरपरबाट विभिन्न जडीबुटीहरू ल्याए । उसलाई माया गरेर सुम्सुम्याए र घाउमा ओखती दलिदिए । बिस्तारै घाउ निको भयो । बाँदर खुसी भयो । एक-दुई दिनमै बाँदर र केटीहरू मिल्ने साथी भए ।
उनीहरू साथीसाथी भएपछि बाँदरले केटीहरूलाई जङ्गलमा परपरसम्म घुमाउन थाल्यो । उसले उनीहरूलाई वनमा पाइने मीठामीठा खानेकुराहरू खुवायो । केटीहरू ती आश्चर्यलाग्दा स्वादिला खानेकुराहरू खान पाएर औधी रमाए । उनीहरूको स्वास्थ्य पनि दिन प्रतिदिन राम्रो भयो । जङ्गलमा लामो समय बिताएको र प्रशस्त खाएकोले उनीहरू बलिया, राम्रा र गोरा पनि भए । उनीहरू जङ्गलमै रमाउन थाले । बाँदरले आफ्ना धेरै साथीहरू केटीहरू बसेको वरिपरि ल्याएर उनीहरूको रक्षा गर्ने र खाना खोजेर ल्याउने काममा खटायो ।
केही वर्ष जङ्गलमा रमाइलोसँग बिताएपछि एकदिन उनीहरूकी कान्छी बहिनी बिरामी भई । बहिनी बिरामी भएपछि उनीहरूलाई आफ्नो गाउँको, साथीहरूको र बाबुको याद आयो । उनीहरूले घर जाने विचार गरे । बाँदरहरूले पछि फेरि फर्किने शर्तमा नौजना केटीलाई एकएक भारी हरिया, काला, पहेँला, राता, साना, ठूला, गोला, लाम्चा विभिन्न थरीका खानेकुरा दिएर गाउँ पठाए । गाउँ जाने बाटो पनि बाँदरहरूले नै पत्ता लगाए ।
गाउँमा राम्रा राम्रा केटीहरू विभिन्न मीठामीठा कोसेली बोकेर आएका छन् भन्ने कुरा सुनेर गाउँलेहरू भेला भए । उनीहरूकी सौतेनी आमाले गएको वर्ष छोरो जन्माएर छोरोसमेत लिएर अर्कैसँग बिहे गरेर गइसकिछन् । केटीहरूका बाबु पनि छोरीहरूको खोजीमा भौँतारिइरहेको बेला उनीहरू फर्केको देखेर खुसी भए । केटीहरूले गाउँलेहरूलाई खानेकुराहरू बाँडे । गाउँलेहरूले आफूहरूलाई स्वर्गबाट भगवान्ले अमृत पठाइदिएछन् भन्दै ती खानेकुराहरू खाए । खानेकुराभित्र भेटिने कडा र तिता वा नमिठा चिज चाहिँ नखानु भनेर केटीहरूले सिकाए । ती चिजहरू मानिसहरूले रछ्यानतिर मिल्काइदिए ।
समय बित्तै गयो । गाउँलेहरूका रछ्यान र बारीमा अनौठा अनौठा बोटबिरुवाहरू उमि्रन थालेको देखेर सबै छक्क परे । के रैछ त यो भनेर सबैले ती बिरुवाहरूलाई जोगाएर हेर्ने विचार गरे । केही वर्षमा ती ठूला बोट भए । बोटमा फूल फूल्यो र पछि विभिन्न आकारप्रकार र रङका दानाहरू फल्न थाले । गाउँलेहरूको खुसी र आश्चर्यको सीमै रहेन । ती त तिनै खानेकुराका बोट पो रहेछन् । बिस्तारै ती पाके । गाउँलेहरूले खाए । वास्तवमा ती खानेकुरा नै फलफूल थिए । गोला गोला सुन्तला, स्याउ, लिची आदि थिए भने लाम्चामा केरा आदि थिए । पहेँलामा अम्बा, नास्पाती आदि थिए ।
चीनको एउटा कुनाका गाउँमा घटेको त्यो घटना एक कान दुई कान हुँदै संसारभरि फैलँदै गयो । टाढाटाढाका मानिसहरू पनि त्यो गाउँमा आएर फलफूलका बीउहरू लिएर जान थाले । यसरी संसारभरि फलफूल फैलियो ।

Saturday, May 28, 2011

भ्रस्टचारी नेताहरु

सगरमाथा सिर हाम्रो नेपालीको शान                               
भिर्कुटी र बुद्ध हाम्रा बाड्डै हिद्थे ज्ञान ll

कता गए बुद्ध हाम्रा फैलियछ द्धन्द l
दिवश बन्न थाले अचेल हड्ताल र बन्द ll

नेता जी लाई कुर्सी प्यारो जनता लाई काम l
नियती भो नेपाली को माग र चक्क जाम ll

कहिले छैन मत्तितेल कहिले छैन बत्ती l
भोको पेट र अन्धकार मा दिन बिताउछन कत्ती ll

कती बगे यो देश मा रगत को खोली l
भ्रस्टचारी नेताहरु खेल्छन रमाई होली ll

ससुराली भन्दा प्यारो कोहिलाई सिङ्दरबार l
कती सिउदो पुछी सके कती लुटे घरबार ll                                          -देवराज श्रेष्ठ
                                                                                                                बाईस जांगर, तनहूँ
सुन्दर शान्त नेपाललाई पारे हिलो मैलो l
नेपालको राजनीति तिहारको भैलो ll

कोही माग्छन चन्दा यहाँ कोही माग्छन भोट l
निमुखा यि जनता लाई सधैं पिर चोट ll                

रामे श्यामे उस्तै भए उही ड्याङ का मुला l
माख्खो मार्ने होइन कोही भाषाण गर्छन् ठुला ll

थोत्रो चप्पल नफाल्नु है बनाउनु छ माला l
हाडी मोसो सँगल्नु है सजाउनु छ गाला ll