एक पूर्ण मनोरन्जनात्मक,सन्देश मुलक तथा ज्ञान बर्धक हाम्रो ब्लग साईट पुर्कोट कालिका मा यहाँहरु लाई हार्दिक स्वागत गर्दछौ यस भित्र का कथा-कबिता-समाचार-गजल-सामन्य ज्ञान-फोटो ग्यालरी-भिडिओ भन्डार का साथै कम्प्युटर सम्बन्धी उपयोगी टिप्स हरु समाबेश गरेका छौ। आशा छ यहाँ हरु ले भर्पुर मनोरन्जन लिनु हुने छ हाम्रो ब्लगको सदस्यता बनिदिनुहोस् कही कतै कमी कम्जोरी हरु भएमा कमेन्ट गरि दिनु हुन अनुरोध् पनि गर्दछौ । -कालिक उच्च माध्यमिक् बिधायल-पुर्कोट-३ तनहु,डुम्रिखर्क।

Saturday, July 30, 2011

यति दुख्यो मुटु

यति दुख्यो मुटु मेरो झर्ने होकि कुन्नि ।          
मुटुभित्रै तिम्रो माया मर्ने हो कि कुन्नि ।
तिमी मेरो नजीक हुँदा डर लाग्छ यस्तो                           
मेरो व्यथा तिमीलाई सर्ने हो कि कुन्नि  ।
साँचो मनले माया गर्छु भन्छौ आज भने  
केही दिन मै तिम्रो मन भर्ने हो कि कुन्नि ।
मन पनि बद्लिनलाई बेर लाग्दैन रे
अर्कै मनमा मायाको बिउ छर्ने हो कि कुन्नि ।
सँगसँगै किनारसम्म आई पुगेपछि
मलाई एक्लै छोडी पारि तर्ने हो कि कुन्नि ।
जिन्दगीभर साँची राखें, आँसु सम्हालेर                                           
एकैचोटि अब रुनु, पर्ने हो कि कुन्नि ।                                                                 - प्रदीप लाल श्रेष्ठ
                                                                                                                              कालीमाटी,तनहूँ
                                                                                                                                                                                           

 Share

मायाको खातिर

म अस्ताए पनि तिम्रो नजर बाट                                    
म ढले पनि तिम्रो अधर बाट
बन्द नगर स्मृतिका पानाहरु
अनी
न मेटाउ मुटु भित्र कोरिएका व्रित चित्रहरु
तिम्रो अपार प्रेम सागरमा म सुके पनि
तिम्रो अनमोल बाचा र कसममा म चुके पनि
न फेर मायाका काँचुलीहरु
न भत्काउ मनका बाँधहरु
बरु
जलाई देउ मेरा तस्बिरहरु
तिम्रो रंगिन संसार लाई तगारो बन्छ    भने                       
हाँसेर आँसु बगाउन सिकौला                                                                              -देवराज  श्रेष्ठ
 तर                                                                                                                      बाईस जांगर,  तनहूँ
न निभाउ प्रेमका धुनीहरु
न चुँडाउ प्रेमका चँगाहरु
बरु
सजाइ राख मन भित्र माया अनी आँखा भरी सम्झनाका कोसेलीहरु
मायाको खातिर
तिम्रो प्रेममा पर्खाल लागे पनि
न जलाउ हाम्रो प्रेम का अबसेशहरु
अनी
न छोड नियाल्न मयाका क्षितिजहरु
कुनै दिन
तगारो उग्रिन सक्छ
पर्खाल भत्किन सक्छ
क्षितिज् मा फेरी कान्तिमय लाली उदाउन सक्छ
अनी
इतिहास फेरी दोहोरिन सक्छ
साँचिकै ईतिहास दोहिरिन सक्छ

                                                             
Share

Monday, July 4, 2011

इतिहास रच्ने अवसर नेपाली लाई



काठमाडौ, अषाढ १९ - नेपालले इस्ट टिमोरलाई दोस्रो लेगमा ५-० ले हराएर फिफा विश्वकप फुटबल-२०१४ छनोटको दोस्रो चरणको यात्रा शनिबार निश्चित गरेको छ । प्रतिद्वन्द्वीलाई पन्छाएर नेपालले विश्वकप छनोटको पहिलो चरण पार गरेको पहिलोपल्ट हो ।
नेपालले पहिलो लेगमा इस्ट टिमोरलाई २-१ ले पराजित गरेको थियो । त्यसैले समग्रमा नेपालको जित ७-१ को रह्यो । नेपालले विश्वकप छनोटको २६ वर्षे यात्रामा हात पारेको यो चौथो जित हो । तेस्रोपल्ट लगातार दुई खेलमा गोल गरेको नेपाल पहिलोपल्ट दुई खेलमा अपराजित रह्यो ।
यसअघि एक जित वा बराबरीलगत्तै नेपालले नतिजा सुम्पँदै आएको थियो । छैटौंपल्ट विश्वकप छनोटमा सहभागी नेपालले २६ खेलमा अहिलेसम्म ४ जित, २ बराबरी र २० हारको नतिजा बेहोरेको छ । त्यसमा २२ गोल गर्दै ८८ गोल खाएको छ ।
करिब १५ हजार दर्शकले भरिएको दशरथ रंगशालामा नेपालले अन्तिम ३४ मिनेटमा चार गोल गर्‍यो । फिफा वरीयतामा ५४ स्थानमुनिको प्रतिद्वन्द्वीविरुद्ध नेपालले चौथो मिनेटमै अग्रता लिएको थियो । इस्ट टिमोरका कोरेइयाले पेनाल्टी क्षेत्रमा जगजित श्रेष्ठलाई लडाएपछि रेप|mी ली मिन हुले नेपाललाई पेनाल्टीको मौका दिएका थिए ।
त्यसमा अनिलले गोल गर्दै नेपाललाई अघि बढाए । उनले पहिलो लेगमा पनि पेनाल्टीमा गोल गरेका थिए । राष्ट्रिय टिमका लागि १५ खेलमा उनको यो सातौं गोल हो । दोस्रो गोल भोला सिलवालको नाममा रह्यो । अनिलको पासमा इस्ट टिमोरका गोलकिपर डियामान्टिनो लियोङ र डिफेन्डर कोरेइयाको असमझदारीमा प्राप्त बलमा भोलाको फिनिसिङ उत्कृष्ट थियो ।
त्यसको ३ मिनेट नबित्दै जुमनु राईले करिअरको नवौं गोल गर्दै नेपाललाई ३-० ले अघि बढाए । विराज महर्जनको क्रसमा बल नियन्त्रण गर्दै उनले पेनाल्टी बक्स लाइनबाट सुन्दर गोल गरेका थिए । अनिल ओझाले ८९ औं मिनेटमा प्रहार गरेको बल गोलकिपर लियोङले फर्काए ।
त्यही रिबाउन्ड बललाई वान-टचमा पोस्टको दिशा दिई जगजितले चौथो गोल गरे । त्यसको एक मिनेट नबित्दै सब्स्िटच्युट सुजल श्रेष्ठले पाँचौं गोल गरे । एक डिफेन्डरलाई छक्याएर उनले सेकेन्ड बार च्याप्दै खेलकै उत्कृष्ट गोल गरे । जुमनुको स्थानमा ६४ औं मिनेटमा उनी मैदानमा छिरेपछि नेपालले उत्कृष्ट लय समातेको थियो ।
भोला, जगजित र सुजलले राष्ट्रिय टिमका लागि पहिलोपल्ट गोल गरेका हुन् । नेपाल प्राप्त थप ७ अवसरमा भने गोल गर्न असफल रह्यो । दोस्रो मिनेटमै सन्दीप राईले २५ यार्डबाट प्रहार गरेको पि|m-किक बल क्रसबारमा लागेर फर्केको थियो ।
'पहिलो हाफमा थुप्रै अवसरमा गोल गर्न सकेनौं,' नेपालका प्रशिक्ष्ाक ग्राहम रोबर्ट्सले भने, 'राम्रो गर्नेमा आत्मविश्वासी थियौं र राम्रो खेल पनि प्रस्तुत गर्‍यौं । एक-अर्कालाई बल पास दिए गोल हुन्छ भन्ने दोस्रो हाफमा प्रमाणित गर्‍यौं ।'
दर्शकको समर्थन र स्वदेशमै दुवै खेल खेल्ने मौकाले फाइदा पुर्‍याएको प्रशिक्ष्ाक रोबर्ट्सले बताए, 'अर्को चरणमा जोर्डनलाई पनि घरमा हामी हराउनेछौं ।' जोर्डन र नेपाल होम एन्ड अवेका आधारमा साउन ७ र १२ गते भिड्नेछन् । 'पहिलो खेलमा वषर्ाले गाह्रो भएको थियो,' नेपालका कप्तान सागर थापाले भने, '५-० को जितले हामी इस्ट टिमोरभन्दा राम्रो हौं भन्ने प्रमाणित गर्‍यौं ।'
'शारीरिक रूपमा हामी पछि थियौं र सुरुमै पेनाल्टी गोलले पछि परेकाले मानसिक रूपमा पनि तल पर्‍यौं,' इस्ट टिमोरका सहायक प्रशिक्षक मिगेल डे कोस्टाले भने, 'दुवै खेल नेपालमा खेल्नु समस्या रह्यो । नेपाललाई बधाई छ र अर्को चरणमा सफलता प्राप्त गर्नका लागि शुभकामना ।'
नेपाली टिम किरण चेम्जोङ (गोलकिपर), सागर थापा -कप्तान), रोहित चन्द, विराज महर्जन, विकाससिंह क्षेत्री, सन्दीप राई (शिव श्रेष्ठ-८२), भोला सिलवाल -अनिल ओझा-७२), जगजित श्रेष्ठ, नीराजन खड्का, जुमनु राई (सुजल श्रेष्ठ-६४) र अनिल गुरुङ ।