एक पूर्ण मनोरन्जनात्मक,सन्देश मुलक तथा ज्ञान बर्धक हाम्रो ब्लग साईट पुर्कोट कालिका मा यहाँहरु लाई हार्दिक स्वागत गर्दछौ यस भित्र का कथा-कबिता-समाचार-गजल-सामन्य ज्ञान-फोटो ग्यालरी-भिडिओ भन्डार का साथै कम्प्युटर सम्बन्धी उपयोगी टिप्स हरु समाबेश गरेका छौ। आशा छ यहाँ हरु ले भर्पुर मनोरन्जन लिनु हुने छ हाम्रो ब्लगको सदस्यता बनिदिनुहोस् कही कतै कमी कम्जोरी हरु भएमा कमेन्ट गरि दिनु हुन अनुरोध् पनि गर्दछौ । -कालिक उच्च माध्यमिक् बिधायल-पुर्कोट-३ तनहु,डुम्रिखर्क।

Thursday, January 8, 2015

पुर्कोट कालिका बहुमुखी क्याम्पस द्वारा स्मारिका प्रकाशन


पुर्कोट कालिका बहुमुखी क्याम्पस स्थापना को लागि श्रीमत भागवत ज्ञान महायज्ञ आयोजना गरी दान गर्नु हुने दानबीर हरुको संप्क्षित जीबनी लगायत कलिका माई को पौराणिक किंबदन्ती अनि पुर्कोट को भौगोलिक वातावरणीय ,जन जीवन र इतिहास लाइ समेटर तैयार पारीएको २०७१ बर्ष १ अंक १ स्मारिका हेर्न नभुल्नु होला सम्भब भय सम्म केहि समय भित्र हामी हाम्रा संपूर्ण दानबीर ज्यु हरुको नामावली पनि पोस्ट गर्ने छौ।



                                               Share

Monday, November 24, 2014

२०७१ चैत ५ बाट एसएलसी परीक्षा



       माध्यमिक शिक्षा परीक्षा बोर्डले यो वर्ष २०७१ सालको एसएलसी परीक्षा आगामी ५ चैतबाट सुरु गर्ने निर्णय गरेको छ । परीक्षा १६ चैतसम्म हुनेछ । यो वर्ष प्रयोगात्मक विषयको पनि परीक्षा दिनुपर्ने भएको छ । यसअघि सैद्धान्तिक विषयको मात्रै परीक्षा हुँदै आएको थियो ।
परीक्षा तालिका
५ चैतमा अनिवार्य अंग्रेजी
६ चैतमा अनिवार्य नेपाली
८ चैतमा अनिवार्य गणित
९ चैतमा अनिवार्य विज्ञान
१० चैतमा अनिवार्य सामाजिक
११ चैतमा स्वास्थ्य जनसंख्या तथा वातावरण शिक्षा
१२ चैतमा ऐच्छिक प्रथम
१३ चैतमा ऐच्छिक दोस्रो
                                            साभार:  हट न्यूज एक्सप्रेस 

 Share

Friday, June 13, 2014

एसएलसी नतिजा सार्वजनिक, ४३.९२ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौं : यसवर्षको एसएलसी परीक्षाको नतिजा सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यलय सानो ठिमीले शुक्रबार अपरान्ह नतिजा सार्वजनिक गरेको हो। यसपटक ४३ दशलव ९२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
बोर्डमा परीक्ष नियन्त्रक, शिक्षा विभागका महानिर्देशकलगायतका पदाधिकारीहरु रहेका छन्। नतिजा सुन्न र हेर्नका लागि परीक्षा नियन्त्रकको कार्यलय सानो ठिमीमा अहिले देखि नै ठूलो भीड लागेको छ।
विशिष्ट श्रेणीतर्फ १८ हजार १ सय १० उतीर्ण भएका छन् जसमा छात्र १० हजार ९ सय ८७ र छात्रातर्फ ७ हजार १ सय २३ विद्यार्थी उतीर्ण भएका छन्।
यसैगरी प्रथम श्रेणीतर्फ ८३ हजार ६ सय ३७ उतीर्ण भएका छन्। जसमा छात्र ४८ हजार ३ सय ३६ र छात्रा ३५ हजार ३ सय १ पास भएका छन्।
यस्तै दोस्रो श्रेणीतर्फ ६७ हजार ९ सय ४२ उतीर्ण भएका छन् जसमा छात्र ३७ हजार ३ सय ९२ र छात्रा ३० हजार ५ सय ५० पास भएका छन्।
त्यस्तै तेस्रो श्रेणीतर्फ ३७ हजार ४७ विद्यार्थी उतीर्ण भएका छन् जसमा छात्र २० हजार ६२ र छात्रा १६ हजार ८५ उतीर्ण भएका छन्। सास गत वर्षको एसएलसी परीणामा ४१.५७ प्रतिशत विद्यार्थी पास भएका थिए। यस वर्ष २.३५ प्रतिशत बढी विद्यार्थी पास भएको परीक्षा नियन्त्रण कार्यालय सानोठीमीले जानकारी दिएको छ।
एसएलसीको परिणाम परीक्षा नियन्त्रणको कार्यालय सानोठिमीको आधारिकारिक वेबसाइट ww.soce.gov.np , नेपाल सरकार शिक्षा मन्त्रालय तथा शिक्षा विभाग www.moe.gov.np, www.doe.gov.np तथा नेपाल टेलिकमको आधिकारिक www.slc.ntc.net.np मा हेर्न सकिनेछ। यसका साथै नेपाल टेलकमको ल्याण्डलाइन फोनमा १६०० सय डायल गरी एसएलसीको जानकारी लिन सकिनेछ।
गत चैतमा भएको एसएलसी परीक्षामा मुलुकभरबाट पाँच लाख ६६ हजार ८४ जना परीक्षार्थी सहभागी भएका थिए। जसमध्ये नियमिततर्फ चार लाख १९ हजार तीन सय ५१ जना र आंशिकतर्फ एक लाख ४६ हजार सात सय ३३ जना परीक्षा दिएका थिए। 
उत्तिर्ण प्रतिशत
छात्र
छात्रा
 कुल
 ४९.४३ प्रतिशत
३८.२७ प्रतिशत
४३.९२ प्रतिशत
विशिष्ठ श्रेणी
१८ हजार १ सय १०  
छात्र
१० हजार ९ सय ८७ जना
छात्रा
७ हजार १ सय २३
प्रथम श्रेणी
८३ हजार ६ सय ३७
छात्र
४८ हजार ३ सय ३६
छात्रा
३५ हजार ३ सय १
द्धितिय श्रेणी
६७ हजार ९ सय ४२
छात्र
३७ हजार ३ सय ९२
छात्रा
३० हजार ५ सय ५०
तृतियश्रेणी
३७ हजार ४७
छात्र
२ हजार ६२
छात्रा
१६ सय ८५

साभार अन्नपूर्ण पोस्ट 



Share

Tuesday, June 11, 2013

२०६९ सालको यस यल सी परीक्षा को नतीजा प्रकाशित

२०६९  सालको यस यल सी परीक्षा को नतीजा आज  प्रकाशित  भयको छ यस बर्ष गए को चैत महिनामा भयको यस यल सी परीक्षा मा नियमित तर्फ़ ४ लाख ३० हजार ९७ र एक्जामटेड  तर्फ़ १ लाख १७ हजार ६८ गारी ५ लाख ४७ हजार एक सय ६५ बिधार्थी सहभागी थिए भने जस मध्य ४१.५७ % बिधार्थी उतीर्ण भयको छ।
रिजल्ट सजिलो संग हेर्नको लागी Check Result  मा  क्लिक गरी आफ्नो सिम्बोल न प्रेषित गर्नु होला  Check Result SLC -2069  
यदि तपाई आफ्नो मार्क शीट नै हेर्न चाहानु हुन्छ भने Check Mark sheet मा Click गरेर आफ्नो सिम्बोल न र जन्म मिति राखेर प्रेषित गर्नु होला Check Mark Sheet-2069

अझै बिस्तृत रुपमा रिजिल्ट को लागी तलको लिंक क्लीक गरी हेर्न सक्नु हुनेछ। 
-------------------------------------------------------------------------------
 S LC Result Regular -2069
 S LC Result Regular -2069

 S LC Result Exempted-2069 
 S LC Result Exempted-2069

सफल हुने संपूर्ण परीक्षार्थी हरुमा सुनौलो भबिस्य सुभकामना - KHSSA - जीबन श्रेष्ठ , २२ जाँगर


 Share

Monday, June 3, 2013

उपयोगी सफ्टवयरहरु

 आज भोली जमाना नै कंप्यूटर को छ सायद कंप्यूटर नचलाउने मान्छे यो संसार मा कमै होला तर पनी सबैको दिमाग एकै खाले नहुन सक्छ कसैलाई कंप्यूटर सम्बन्धी राम्रो जानकारी होला भने कसैलाई न हुन पनि सक्छ तसर्थ मैले यहाँ तपाई हरुको सहयोग को लागी साधारण तथा महत्तोपूर्ण सॉफ्टवायर को बारेमा लेख्दै छू / के तपाइलाइ  रोमन नेपालीमा फेसबुक तथा अन्य म्यासेंजेर मा कमेन्ट  लेख्न सक्नु भयको छैन ? के तपाइको  कंप्यूटर लाइ कतै  भाइरसले ग्रस्त पारेर ढीला चल्ने भाको त छैन ? अनी अरु साथीभाई ले जस्तै फोटोहरु सजायर फेसबुक मा राख्ने मन छैन ? यदि तपाईलाई यी मध्य अथवा अन्य  कुनै कंप्यूटर सम्बन्धी समस्या परेको भय मलाई संपर्क राख्नु होला तपाई हरुको सेवा को लागी सदैब तयार रहने छू / मेरो स्काइप आई डी - devraj.shrestha मा सम्पर्क राख्दा तपाई हरु लाइ सजिलो हुन सक्छ /

अरु तल दिईएको सफ्टवयर मध्य कुनै पनि आबस्यक परेमा सीधा संपर्क गर्नु होला/
1. Photo Shop Cs
2. Microsoft Office 7
3. Anti Virus 
4. File Hide Folder
5. Malty Mass-anger(Yahoo)  
6. Nepali Fonts and Google input and All kind of Application.      




 Share

Friday, April 19, 2013

चलेकै छ जिन्दगी

के सुनाउ मेरो कथा चलेकै छ जिन्दगी
चैत्र मासको खडेरि झै जलेकै छ जिन्दगी

  उडि जुन छुन खोज्नु मनको रहर थियो
 बिच बाटो मा नपुग्दै ढलेकै छ जिन्दगी

स्वप्न कति बिलाई गए , पानी फोका फूटेझै
 आशै आशको तेल थप्दै , बलेकै छ जिन्दगी

कतिन्जेल घिस्रने हो , मृग तृष्णा बोकेर 
अफ्ट्यारोको फर्शी जसै , फलेकै छ जिन्दगी

                                                                                                              -सुदीप सेंदाई,पुर्कोट -तनहूँ 

 Share

Friday, April 12, 2013

नया बर्ष २०७० को सुभ कामना

नया बर्ष २०७० को पावन अबसरमा सम्पूर्ण ब्लग भिजिटरहरुमा सु -स्वास्थ,दिर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय सुभ कामना टक्र्याउछौ।

                                            यहाँ को लागि नया बर्ष २०७० फलोस फुलोस


Share

Wednesday, February 20, 2013

विन्डोज 7 लाई activate गरी genuine बनाउने कि ?

तपाईं windows 7 अपरेटिङ सिस्टम चलाऊदै हुनु हुन्छ तर तपाईंको त्यो system Genuine हैन भने तपाईंको desktop मा बेला बेलामा "This copy of Windows is not genuine" भन्ने मेसेज आईरहेको नै होला । 
यदि तपाईंले उक्त मेसेजलाई क्लिक गरी Activate गर्न खोज्नु भयो भने Activate key तपाईंले किन्नु पर्ने हुन्छ । पहिलाको system Windows XP मा त बिभिन्न तरिका अपनाएर यो warning लाई सजिलै bypass गर्न सकिन्थ्यो ( यहा क्लिक गरेर हेर्नुहोस्
तर Windows 7 मा यसलाई bypass गर्न त्यती सजिलो छैन किनकी यसमा माईक्रोसफ्ट कम्पनीले security राम्रो सँग गरेको देखिन्छ । तसर्थ तपाइले तल दियको न हरु लाइ क्रमस पालन गर्नु होला . 

१. सबैभन्दा पहिला त तपाईं यहाँ तलको लिंकमा गएर त्यस Software लाई Download गर्नुहोस
डाउनलोड को लागी यहाँ जानुहोला
२. त्यसपछी अब हजुरले Software Download गरीसकेपछी Computer मा जानुस र त्यसलाई Right Click गर्नुहोस र "Run as administrator..." मा Click गरी खोल्नुस
३. उक्त Program तपाइंले खोलिसकेपछी अब त्यहाँ यहाँ तलको जस्तो एउटा RemoveWAT को Popup window खुल्नेछ र हजुरले त्यहाँ "Remove WAT" मा Click गर्नुहोस र केहि समय पर्खनुस



४. केही समय पछी त्यहाँ automatic एउटा सानो dialog Box खुल्नेछ र Computer Reboot गर्नलाई हजुरलाई सोधेको हुन्छ हजुरले "Ok" गर्नुस



५. Computer Restart गरीसकेपछी हज्रुले अब windows को Properties मा गएर हेर्नुस त्यहाँ कुनै Trail Version को Windows is not genuine भनेको Message देख्नुहुने छैन र अब देखी Taskbar मा पनि त्यस्तो Message कहिल्यै पनि देखिने छैन

-धन्यवाद 


 Share

Sunday, February 17, 2013

जानी राखे राम्रो


तल को चित्र सहितको कुरा हरु राम्रो  संग ध्यान दियर पढ्नु र उपयोग गर्ने कोसिस गर्नु होला  ताकि तपाईलाई जीवन भर डाक्टर को जरुरत नपरोस।


 Share

Friday, February 15, 2013

श्री पंचमी - २०६९

सरस्वती माया दृस्था बीणा पुस्तक धारिणी
हंस बहाना संयुक्ता बिद्या दानम करो तुमें....,

आज सरस्वती पुजाको दिन बिद्या कि देवी माता सरस्वतीले सम्पूर्ण नेपालीहरुमा सद्बुद्दी साक्षर सदाचार प्रदान गरुन ...

जय श्री सरस्वती माता
क्षिक्षा को उज्यालो घाम बाट कुनै पनि बालबालिकाले बन्चित हुन नपरोस ..
श्री  कलिका उच्च माध्यामिक बिध्यालय 
पूर्कोट , तनहूँ  





 Share