एक पूर्ण मनोरन्जनात्मक,सन्देश मुलक तथा ज्ञान बर्धक हाम्रो ब्लग साईट पुर्कोट कालिका मा यहाँहरु लाई हार्दिक स्वागत गर्दछौ यस भित्र का कथा-कबिता-समाचार-गजल-सामन्य ज्ञान-फोटो ग्यालरी-भिडिओ भन्डार का साथै कम्प्युटर सम्बन्धी उपयोगी टिप्स हरु समाबेश गरेका छौ। आशा छ यहाँ हरु ले भर्पुर मनोरन्जन लिनु हुने छ हाम्रो ब्लगको सदस्यता बनिदिनुहोस् कही कतै कमी कम्जोरी हरु भएमा कमेन्ट गरि दिनु हुन अनुरोध् पनि गर्दछौ । -कालिक उच्च माध्यमिक् बिधायल-पुर्कोट-३ तनहु,डुम्रिखर्क।

Thursday, January 31, 2013

दुखद समाचार


तनहुँ, माघ १७ - शल्यक्रियापछि मृत्यु भएकी एक सुत्केरीको परिवारलाई डुम्रेस्थित लक्ष्मी अस्पतालले ५० लाख रुपैयाँ क्षतिपूर्ति दिएको छ । क्षतिपूर्तिको पहिलो किस्ताबापत १२ लाख ५० हजार बुधबार अस्पतालले पीडित परिवारलाई बझाएको हो । शल्यक्रियापछि छोरा जन्माएकी पुर्कोट ५ वाइसजाँगरकी ३२ वषर्ीया निर्मला श्रेष्ठको मंगलबार राति मृत्यु भएकाले अस्पताल प्रशासनले क्षतिपूर्तिबापत ५० लाख दिन सहमत भएको थियो । नवजात शिशुको अवस्था भने सामान्य छ । अस्पतालको लापरबाहीले श्रेष्ठको मृत्यु भएको भन्दै आफन्तले बुधबार अस्पताल प्रशासनमा धर्नासहित करिब १ घन्टा पृथ्वी राजमार्ग अवरुद्ध पारेका थिए । अस्पतालले क्षतिपूर्तिबापत माग गरेअनुसारको ५० लाख दिन सहमति जनाएपछि मृतकका आफन्तले विरोधका सबै कार्यक्रम फिर्ता  लिएका छन् । श्रेष्ठले यसअघि तीन छोरी जन्माइसकेकी थिइन् । मृतकका श्रीमान् भीमलाल भने अर्धचेत अवस्थामा रहेको आफन्त हरिकृष्ण श्रेष्ठले बताए । उनले अस्पताल प्रशासनको लापरबाहीले आफन्तको ज्यान गएकाले करिब ३ हजार स्थानीय बासिन्दाले अस्पताल घेराउ गर्न बाध्य भएको बताए । उनले बाँकी ३७ लाख ५० हजार अस्पतालले ४ महिनाभित्र बुझाउने सहमति जनाएपछि आन्दोलन स्थगित गरेको जनाए । अस्पतालका प्रबन्धक परशुराम अधिकारीले मृतक श्रेष्ठको अप्रेसन गर्नुपहिले नै पाठेघर च्यातिएको अवस्थामा रहेकाले बचाउन नसकिएको बताए । उनले अस्पताल प्रशासनबाट कुनै कमजोरी नभए पनि वाइसजाँगरवासीले माग गरेअनुसार क्षतिपूर्ति दिन सहमत भएको बताए । 'हामीले बिरामीको उपचारमा कुनै कसुर बाँकी राखेका थिएनौं,' उनले भने, 'तर सुत्केरीलाई बचाउन सकिएन ।' उनले उपचारमा संलग्न चिकित्सकमाथि शंका नगर्न र जस्तोसुकै छानबिन गरिए पनि अस्पताल मान्न तयार रहेको बताए ।
     मृत आत्मा लाइ शांति मिलोस हाम्रो पुर्कोट बासी सम्पूर्ण को तर्फ़ बाट हार्दिक समबेदना प्रकट गर्दछौ र शोकाकुल परिबार मा धर्यता को शक्ति मिलोस 


 Share

सास्कृतिक कार्यक्रम

 बिजय दसमी तथा सुभ दीपावली को पावन अबसर मा एभरेस्ट यूवा क्लब पुर्कोट बाइस जंगार द्वारा  आयोजित सास्कृतिक कार्यक्रम को केही झलकहरु

 

 

 

 

 




 Share