के सुनाउ मेरो कथा चलेकै छ जिन्दगी
Share
बिच बाटो मा नपुग्दै ढलेकै छ जिन्दगी
स्वप्न कति बिलाई गए , पानी फोका फूटेझै
स्वप्न कति बिलाई गए , पानी फोका फूटेझै
आशै आशको तेल थप्दै , बलेकै छ जिन्दगी
कतिन्जेल घिस्रने हो , मृग तृष्णा बोकेर
कतिन्जेल घिस्रने हो , मृग तृष्णा बोकेर
अफ्ट्यारोको फर्शी जसै , फलेकै छ जिन्दगी
-सुदीप सेंदाई,पुर्कोट -तनहूँ
Share

