एक पूर्ण मनोरन्जनात्मक,सन्देश मुलक तथा ज्ञान बर्धक हाम्रो ब्लग साईट पुर्कोट कालिका मा यहाँहरु लाई हार्दिक स्वागत गर्दछौ यस भित्र का कथा-कबिता-समाचार-गजल-सामन्य ज्ञान-फोटो ग्यालरी-भिडिओ भन्डार का साथै कम्प्युटर सम्बन्धी उपयोगी टिप्स हरु समाबेश गरेका छौ। आशा छ यहाँ हरु ले भर्पुर मनोरन्जन लिनु हुने छ हाम्रो ब्लगको सदस्यता बनिदिनुहोस् कही कतै कमी कम्जोरी हरु भएमा कमेन्ट गरि दिनु हुन अनुरोध् पनि गर्दछौ । -कालिक उच्च माध्यमिक् बिधायल-पुर्कोट-३ तनहु,डुम्रिखर्क।

Monday, May 30, 2011

सुनको मूल्यमा नयाँ रेकर्ड

स्थानीय बजारमा आइतबार सुन मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । गत बिहीबारको रेकर्ड तोड्दै स्थानीय बजारमा आइतबार प्रतितोला सुनको मूल्य ४३ हजार ३ सय -दस ग्राममा ३७ हजार १ सय २५ रुपैयाँ पुगेको छ । बिहीबार स्थानीय बजारमा प्रतितोला सुनको मूल्य ४३ हजार १ सय ५५ -दस ग्राममा ३७ हजार) रुपैयाँ कायम भएको थियो ।

अमेरिकी डलर मजबुत भएकाले स्थानीय बजारमा सुनको मूल्य उच्च विन्दुमा पुगेको सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले बताए । 'अन्तर्राष्ट्रिय बजारमा रेकर्ड कायम नभए पनि डलर मजबुत भएकाले स्थानीय बजारमा भने मूल्य उच्च विन्दुमा पुगेको छ,' शाक्यले भने, 'डलर बलियो हुँदा स्थानीय बजारमा सुनको भाउ स्वाभाविक रूपमा बढ्छ ।' यस्तै कच्चा तेलको मूल्यमा भएको वृद्धि, सेयर बजारमा आएको गिरावट र सुनको भाउ अझै उकालो लाग्ने हल्लाले पनि मूल्य उकालो लागेको हो ।

अन्तर्राष्ट्रिय बजारमा आइतबार प्रतिआउन्स सुनको मूल्य १ हजार ५ सय ३६ अमेरिकी डलर पुगेको छ । बिहीबार प्रतिआउन्सको मूल्य १ हजार ५ सय २९ डलर कायम भएको थियो । अन्तर्राष्ट्रिय बजारमा कायम भएको मूल्य रेकर्ड भने होइन । गत वैशाख प्रतिआउन्स मूल्य १८ गते १ हजार ५ सय ६३ डलर पुगेर रेकर्ड कायम गरेको थियो ।

यसरी थपियो संविधानसभाको आयु

जेठ १४ गते मध्यरातअगावै संविधानसभाको कार्यकाल थप्न भरमग्दुर प्रयास गरिए पनि सहमति जुट्दा भोलिपल्टको मिर्मिरे भइसकेको थियो । बल्लतल्ल जेठ १५ को बिहान ४ बजे प्रमुख तीन दलका शीर्ष नेताहरू पाँचबुँदे सहमतिमा हस्ताक्षर गर्न सफल भए । अघिल्लो दिन बिहान ८ बजेका निम्ति बैठक डाकिएकाले सभासदहरू नास्तासमेत नगरी संविधानसभा भवन पसेका थिए । तर उनीहरूले २० घन्टापछि मात्र 'खास काम' पाए ।

राष्ट्रपतिबाट संविधान संशोधन विधेयक प्रमाणीकरण भएको सूचना संसद्मा सुनाउँदा झन्डै बिहानको साढे ६ बजेको थियो । संविधानसभाको समयावधि सकिनुअगावै सुरु भएको संसद् बैठकको प्रक्रियाबाट संविधान संशोधन भएकाले यसको वैधतामा प्रश्न उठ्ने व्याख्या सर्वोच्चले यसअघि नै गरिसकेको छ । अवधि थपसम्बन्धी मतदानमा ५ सय ९६ सभासदमध्ये ५ सय ४ ले प्रस्तावको पक्षमा र राप्रपा नेपालका चार सभासदले विपक्षमा मतदान गरेका थिए । संविधानसभाको कार्यकाल तीन महिना थप्न सहमति जनाए पनि मधेसी मोर्चाले सहमतिका क्रममा तीन दलले आफूहरूलाई 'उपेक्षा गरेको' भन्दै मतदानमा भाग लिएन । मोर्चामा फोरम -लोकतान्त्रिक), फोरम -गणतान्त्रिक), तमलोपा, तमलोपा नेपाल र सद्भावनाका गरी ७१ सभासद छन् ।

रातभरि सुत्न नपाएका सभासदहरू मतदानका बेला निकै थकित देखिन्थे । उनीहरूको मुहारमा खासै चमक थिएन । हुन्छ/हुन्नमा हात उठाउँदा प्रधानमन्त्री झलनाथ खनालसमेत झुक्किएका थिए । सभामुख सुवास नेम्वाङले तीन महिना कार्यकाल बढाउने प्रस्ताव दुई तिहाइले पारित भएको घोषणा गर्दा पनि तालीको गुन्जन सुस्त थियो । लाथ्यो, खासै केही भएकै छैन ।

रातभरिको भोक र निद्राले रन्थनिएका नेताहरू बैठक कक्षबाट बाहिरिँदा मिडियासँग कुराकानी गर्नसमेत इच्छुक देखिँदैनथे । लामो कोठे बैठकमा नेताहरूले समय बिताएपछि सभासदहरूले प्रस्तावमाथिको सैद्धान्तिक र दफावार छलफलमा समेत भाग लिएनन् । छलफलमा भाग लिने सभासदको सूची प्राप्त नभएको भन्दै सभामुखले मत विभाजन प्रक्रिया थालेका थिए ।

एमाले नेता भीम रावलले पत्रकारसामु पाँचबुँदे सहमति सार्वजनिक गर्नुअघि बाहिर अनेक थरी जानकारीहरू आएका थिए । कहिले ६ महिना म्याद थपिएको त कहिले एक महिना म्याद थप्ने समझदारी बनेको हल्ला चलेका थिए ।

अघिल्लो दिनसम्म १० बुँदे सर्त पूरा नभए संविधान संशोधन प्रक्रिया अघि बढ्न नदिने कांग्रेसको अडान र हतियार तथा लडाकु व्यवस्थापनमा लचिलो नहुने माओवादीको भनाइले संविधानसभाको म्यादै थपिँदैन कि भन्ने आशंकासमेत बढेको थियो । त्यसबीचमा सभासद विनोद चौधरी र सपना मल्लको संयोजनमा प्रदिप गिरी, राधेश्याम अधिकारी, रामनाथ ढकाल, गगन थापा, अग्नि खरेल, विन्दा पाण्डे, प्रकाशचन्द्र लोहनी, खिमलाल देवकोटासहितको अनौपचारिक छलफलमा एक/डेढ महिनाका लागि मात्र म्याद थपेर शान्ति प्रक्रिया र संविधान निर्माणका मूल विषयमा दलहरूबीच सहमति खोज्न दबाब दिने समझदारी भएको थियो ।

त्यसअनुरूप सहभागीहरूले आ-आफ्नो दलमा लबिङ गरेका थिए । उनीहरूको अभियानमा सबैजसो दलका सभासदहरूले जनाएको सहमतिले संविधानको पुनर्जीवनका लागि मद्दत गरेको थियो । राति अबेरसम्म कांग्रेसले एक महिना मात्र म्याद थपेर शान्ति प्रक्रियाको प्रगति हेर्ने र सन्तोषजनक काम भए फेरि समय थप्न सकिने अडान राखेको थियो । माओवादीले भने म्याद थप किस्तामा नभई एकैपटक ६ महिनाका लागि गर्नुपर्ने बताएको थियो । लडाकु समायोजनसहितको शान्ति प्रक्रिया विवाद र छलफलको केन्द्र थियो । माओवादी अस्थायी शिविरका हतियारको साँचो विशेष समतिलाई बुझाउने, माओवादी नेताहरूको दोहोरो सुरक्षा प्रणाली शनिबारबाटै अन्त्य भएको घोषणा गर्ने, समायोजनमा लैजाने लडाकु संख्या यकिन गर्ने, समायोजनको मोडालिटी स्पष्ट पारी शान्ति र संविधानको स्पष्ट मार्गचित्रसहितको सहमति हुने बताइएको थियो । दुईपक्षीय र बहुपक्षीय वार्तामा सहभागी नेताहरूबाहेक अरू कसैलाई पनि भित्र के भइरहेको छ यकिन थिएन । अघिल्लो राति पौने १२ बजे संविधान संशोधन विधेयक सदनमा टेबल भएपछि दलहरूको सहमतिमा संविधानसभाको म्याद थपिन्छ भन्ने यकिन भएको थियो । तर त्यसका लागि गरिने सहमतिका लागि थप सवा चार घन्टा कुर्नुपरेको थियो ।

सहमतिको मध्यमार्गी बाटो पहिल्याउन सभासदहरूले दिएको दबाब, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहितका एमाले नेताहरूले बनाएको मस्यौदा, अडान छोडेर भए पनि संविधानसभा जोगाउन कांग्रेसभित्रैबाट नेतृत्वलाई दिएको चर्को दबाबका बीच तीन दल तीनमहिने कार्ययोजनाका लागि सहमत भएका थिए ।

बाँदरको कोसेली

चीनको एउटा गाउँमा एउटा परिवार बस्तथ्यो । त्यो परिवारमा आमा, बा र तिनीहरूका नौजना छोरीहरू बस्तथे । त्यो गरिब परिवार थियो । छोरा नभई स्वर्ग गइन्न भन्ने अन्धविश्वासले गर्दा त्यो घरमा वर्षैपिच्छे बच्चा जन्मन्थ्यो तर जति बच्चा जन्मे पनि छोरा भने जन्मेन । दसौँ छोरी जन्मिदा आमाको स्वास्थ्य एकदमै खराब भयो । छोरी नै छोरी जन्माएको भनेर बाबुले पनि उनीहरूको राम्रो हेरचाह गरेनन् । अन्तमा आमा र दसौँ बच्चा दुबैको मृत्युभयो । त्यसपछि ती केटीहरू टुहुरा भए ।
आमा मरेको केही दिनपछि नै उनीहरूका बाबुले सौतेनी आमा ल्याए । सुरुसुरुमा त सौतेनी आमाले माया गरेजस्तो गरिन् तर बिस्तारै बिस्तारै उनीमाथि सौतेनी भूत चढ्दै गयो । उनले स-साना कुरामा निहुँ खोजेर छोरीहरूलाई कुट्ने पिट्ने गर्न थालिन् । छोरा जन्माउली भन्ने आशामा बाबुले पनि छोरीहरूको रक्षा गर्नुको सट्टा श्रीमतीतिरै लागेर छोरीहरूलाई गाली गर्ने, पिट्ने गर्नथाले । सौतेनी आमाले ती केटीहरूलाई जङ्गलमा लगेर छाड्ने भए मात्रै आफू बस्ने नत्र छाडेर हिँड्ने धम्की दिएपछि बाबुले एकदिन छोरीहरूलाई लुकामारी खेल्ने भनेर उनीहरूका आँखामा पट्टी बाँधी घनघोर जङ्गलमा लगी छाडेर आए ।
बाबुले झुक्याएर आफूहरूलाई जङ्गलमा छाडेको केटीहरूले अबेला मात्रै थाहा पाए । उनीहरूले जङ्गलबाट निस्कने धेरै प्रयाश गरे तर कसैगरे पनि बाटो फेला पारेनन् । उनीहरू भोक र थकाइले रन्थनिँदै यताउता भौँतारिन थाले । सानासाना बहिनीहरूलाई अलि ठूला दिदीहरूले च्यापेर-बोकेर उनीहरू ओडारमा पुगे र स्याउला ओछ्याएर बसे ।
ठूली केटी बहिनीहरूका लागि केही खानेकुरा पाइन्छ कि भनेर ओडारबाट अलि परतिर लागी । यतिकैमा उसले एउटा बाँदर रूखमा बसेर केही चिज खाँदैगरेको देखी । ती चिजहरू कुनै गोला, कुनै लाम्चा, कुनै राता, कुनै पहेँला र कुनै हरिया थिए । बाँदरले रूखका हाँगामा झुण्ड्याएर ती चिजहरू राखेको थियो । ऊ पालैपालो ती चिजहरू स्वाद मानीमानी खाँदैथियो । केटीले ताली बजाएर बाँदरलाई बोलाई र आफूलाई पनि खान देऊ भनी । बाँदरले वास्तै नगरी खाइरहृयो । केटीले रिसाएर ढुङ्गो उठाउँदा बाँदरले केटीलाई झम्टियो । केटी डराई र चुप लागी ।
जति कोसिस गर्दा पनि बाँदरले ती चिज दिँदै दिएन । केटी ओडारमा फर्किएर आई र बहिनीहरूलाई बाँदरले खाइरहेका अनौठा र रङ्गीविरङ्गी चिजहरूको वर्णन गरी । त्यो सुनेर स-साना बहिनीहरूलाई ओडारमै छाडेर ठूलाठूला केटीहरू फेरि बाँदर भएको ठाउँमा गए । केटीहरूले बाँदरलाई शिर झुकाएर बिन्ती गर्दै खानेकुरा मागे तर बाँदरले उनीहरूलाई देखाइदेखाई सबै खानेकुरा खायो । टन्न अघाएपछि बाँदर केटीहरूतिर फर्केर ङच्िच हाँस्यो र पेट मुसार्दै डकारेर रूखको हाँगामा उपरखुट्टी लगाएर पल्टियो । केटीहरूलाई एकदमै रिस उठ्यो । साइली चाहिँ बहिनीले रिस्ााएर भुईँबाट एउटा दाउरो उठाएर झट्टारो हानी । बाँदरले पनि रिसाएर हाँगामा झुण्ड्याइराखेको एउटा खानेकुराको डल्लोले केटीहरूतिर हान्यो । केटीहरूले फेरि झटारो हाने । बाँदरले पनि ऊसँग बाँकी रहेका दुई-तीनवटा खानेकुराले हान्यो । बाँदर रिसाउँदै रूखको टुप्पोतिर लागेपछि केटीहरू ती चिजहरू लिएर ओडारमा फर्के ।
ओडारमा आइपुगेर उनीहरूले ती चिज खान हुने हो वा होइन भन्ने कुरामा छलफल गरे । जेठी दिदीले भनी- यो चिज म चाखेर हेर्छु । यदि मलाई केही भयो भने अथवा म मरेँ भने तिमीहरूले यो चिज नखानु । यदि केही भएनछ भने सबैले मिलेर खाउँला ।
यसो भनेर जेठीले एउटा चिज अलिकति खाई । उसलाई केही पनि भएन । त्यसैगरी अर्को चिज माइलीले चाखी । अर्को चिज साँहिलीले चाखी । आखिरमा कसैलाई केही भएन । बरु ती चिजहरूको उदेकलाग्दो मीठो स्वाद थाहा पाएर उनीहरूलाई ती चिज कसरी पाउने र पेटभरि खाने भन्ने चिन्ताले सतायो । त्यो दिन रात परिहाल्यो । उनीहरू भोकै पेट सुते ।
भोलिपल्ट घाम झुल्किएपछि केटीहरू बाँदर बस्ने रूखमा पुगे । बाँदरलाई रिस उठाएर खानेकुरा फुत्काउन उनीहरूले निकै प्रयास गरे तर सकेनन् । बाँदरले रूखको टुप्पामा बसेर मजाले खाना खायो र केटीहरूतिर हेरेर हाँस्तै पेट छामेर डकार्‍यो । केटीहरू रूखको फेदमा बसेर अब के गर्ने होला भनेर सोचविचार गर्नथाले । बाँदर भने टन्न खाएर पहारिलो घामतिर डडाल्नो फर्काएर मस्तले घुरीघुरी निदाएको रहेछ । काहिँली बहिनी निकै चलाख थिई । उसले बाँदर घुरेकोतिर देखाउँदै भनी- मलाई एउटा जुक्ति आयो ।
सबैले सोधे- के जुक्ति ?
काहिँली बहिनी नबोलिकन रूखमा चढी । बाँदरले थाहा नपाउनेगरी उसका खानेकुराहरू भुइँमा झार्न थाली । भुइँमा रहेका केटीहरूले धमाधम ती चिजहरू खाए । काहिँली बहिनीले अन्तमा एउटा पहेँलो लाम्चो चिजको बोक्रो निकाली र भित्रको सेतो गिलो पदार्थ बाँदर नजिकैको हाँगामा लतपत पारेर बेस्कन दलिदिई र रूखबाट ओर्लिई ।
एकछिनपछि बाँदर ब्युँझियो । उठेर यसो हेर्दा त आफ्ना खानेकुराहरू सबै गायव Û उसले ती अनौठा दुईखुट्टे जन्तुहरूले पो खाइदिए कि भनेर तल हेर्‍यो, तल केटीहरू मस्तले सुतिरहेका थिए । बाँदरले आफू नजिकैको हाँगामा आफ्नो खानेकुरा लतपतिएको देखेर सोच्यो, पक्कै पनि मेरो खानेकुरा यो रूखका हाँगाले खाएछ । अनि उसले रिसले त्यो हाँगा भाँचेर चिथोरचाथोर पारेर पर हुत्याइदियो । निदाएजस्तो गरेर बाँदरको चर्तिकला हेरिरहेकी काहिँली बहिनी आफ्नो योजनाअनुसार काम भएको देखेर मनमनै हाँसी ।
भोलिपल्ट पनि उसैगरी बाँदरले खानेकुरा खाएर जुँगा मुसारेर घाममा घुर्न थाल्यो । केटीहरूले पहिलो दिनजस्तै उसका खानेकुरा खाए र बाँकी रहेको एउटा खानेकुरा रूखको कापमा दलिदिए । बाँदरले ब्यँुझिएपछि रूखले नै आफ्नो खाना खाइदिएको भन्ठानेर रूखमा बेस्कन चिथोर्‍यो । पर्सिपल्ट केटीहरूले बाँदरले थाहा नपाउने गरी उसको पुच्छरमा खानेकुरा दलिदिए । बाँदरले आफ्नो पुच्छरले खानेेकुरा खाइदिएको भन्ठानेर आफ्नै पुच्छरमा बेस्कन टोक्यो । पुच्छरमा घाउ नै भयो । ऊ रिसले र पीडाले चिच्याउन थाल्यो ।
'बाँदरको घाऊ कहिल्यै बिसेक हुँदैन' भन्ने उखान त साथीहरूले सुन्नुभएकै होला । त्यहाँ पनि त्यस्तै भयो । बाँदरले आफ्नो घाउ चलाएर, कन्याएर, टोकेर झन्झन् ठूलो पार्‍यो । ऊ क्वाँ क्वाँ रुन थाल्यो । उसको पीडा देखेर केटीहरूलाई पनि दया लाग्यो । केटीहरूले उसलाई तल ओर्लन भने । बाँदर डराउँदै डराउँदै तल झर्‍यो । बाँदरको मन पगाल्न नै उनीहरूले यो जुक्ति लगाएका थिए । बाँदर मायालु अनुहार पारेर केटीहरूलाई टुलुटुलु हेर्न थाल्यो । केटीहरूले वरपरबाट विभिन्न जडीबुटीहरू ल्याए । उसलाई माया गरेर सुम्सुम्याए र घाउमा ओखती दलिदिए । बिस्तारै घाउ निको भयो । बाँदर खुसी भयो । एक-दुई दिनमै बाँदर र केटीहरू मिल्ने साथी भए ।
उनीहरू साथीसाथी भएपछि बाँदरले केटीहरूलाई जङ्गलमा परपरसम्म घुमाउन थाल्यो । उसले उनीहरूलाई वनमा पाइने मीठामीठा खानेकुराहरू खुवायो । केटीहरू ती आश्चर्यलाग्दा स्वादिला खानेकुराहरू खान पाएर औधी रमाए । उनीहरूको स्वास्थ्य पनि दिन प्रतिदिन राम्रो भयो । जङ्गलमा लामो समय बिताएको र प्रशस्त खाएकोले उनीहरू बलिया, राम्रा र गोरा पनि भए । उनीहरू जङ्गलमै रमाउन थाले । बाँदरले आफ्ना धेरै साथीहरू केटीहरू बसेको वरिपरि ल्याएर उनीहरूको रक्षा गर्ने र खाना खोजेर ल्याउने काममा खटायो ।
केही वर्ष जङ्गलमा रमाइलोसँग बिताएपछि एकदिन उनीहरूकी कान्छी बहिनी बिरामी भई । बहिनी बिरामी भएपछि उनीहरूलाई आफ्नो गाउँको, साथीहरूको र बाबुको याद आयो । उनीहरूले घर जाने विचार गरे । बाँदरहरूले पछि फेरि फर्किने शर्तमा नौजना केटीलाई एकएक भारी हरिया, काला, पहेँला, राता, साना, ठूला, गोला, लाम्चा विभिन्न थरीका खानेकुरा दिएर गाउँ पठाए । गाउँ जाने बाटो पनि बाँदरहरूले नै पत्ता लगाए ।
गाउँमा राम्रा राम्रा केटीहरू विभिन्न मीठामीठा कोसेली बोकेर आएका छन् भन्ने कुरा सुनेर गाउँलेहरू भेला भए । उनीहरूकी सौतेनी आमाले गएको वर्ष छोरो जन्माएर छोरोसमेत लिएर अर्कैसँग बिहे गरेर गइसकिछन् । केटीहरूका बाबु पनि छोरीहरूको खोजीमा भौँतारिइरहेको बेला उनीहरू फर्केको देखेर खुसी भए । केटीहरूले गाउँलेहरूलाई खानेकुराहरू बाँडे । गाउँलेहरूले आफूहरूलाई स्वर्गबाट भगवान्ले अमृत पठाइदिएछन् भन्दै ती खानेकुराहरू खाए । खानेकुराभित्र भेटिने कडा र तिता वा नमिठा चिज चाहिँ नखानु भनेर केटीहरूले सिकाए । ती चिजहरू मानिसहरूले रछ्यानतिर मिल्काइदिए ।
समय बित्तै गयो । गाउँलेहरूका रछ्यान र बारीमा अनौठा अनौठा बोटबिरुवाहरू उमि्रन थालेको देखेर सबै छक्क परे । के रैछ त यो भनेर सबैले ती बिरुवाहरूलाई जोगाएर हेर्ने विचार गरे । केही वर्षमा ती ठूला बोट भए । बोटमा फूल फूल्यो र पछि विभिन्न आकारप्रकार र रङका दानाहरू फल्न थाले । गाउँलेहरूको खुसी र आश्चर्यको सीमै रहेन । ती त तिनै खानेकुराका बोट पो रहेछन् । बिस्तारै ती पाके । गाउँलेहरूले खाए । वास्तवमा ती खानेकुरा नै फलफूल थिए । गोला गोला सुन्तला, स्याउ, लिची आदि थिए भने लाम्चामा केरा आदि थिए । पहेँलामा अम्बा, नास्पाती आदि थिए ।
चीनको एउटा कुनाका गाउँमा घटेको त्यो घटना एक कान दुई कान हुँदै संसारभरि फैलँदै गयो । टाढाटाढाका मानिसहरू पनि त्यो गाउँमा आएर फलफूलका बीउहरू लिएर जान थाले । यसरी संसारभरि फलफूल फैलियो ।

Saturday, May 28, 2011

भ्रस्टचारी नेताहरु

सगरमाथा सिर हाम्रो नेपालीको शान                               
भिर्कुटी र बुद्ध हाम्रा बाड्डै हिद्थे ज्ञान ll

कता गए बुद्ध हाम्रा फैलियछ द्धन्द l
दिवश बन्न थाले अचेल हड्ताल र बन्द ll

नेता जी लाई कुर्सी प्यारो जनता लाई काम l
नियती भो नेपाली को माग र चक्क जाम ll

कहिले छैन मत्तितेल कहिले छैन बत्ती l
भोको पेट र अन्धकार मा दिन बिताउछन कत्ती ll

कती बगे यो देश मा रगत को खोली l
भ्रस्टचारी नेताहरु खेल्छन रमाई होली ll

ससुराली भन्दा प्यारो कोहिलाई सिङ्दरबार l
कती सिउदो पुछी सके कती लुटे घरबार ll                                          -देवराज श्रेष्ठ
                                                                                                                बाईस जांगर, तनहूँ
सुन्दर शान्त नेपाललाई पारे हिलो मैलो l
नेपालको राजनीति तिहारको भैलो ll

कोही माग्छन चन्दा यहाँ कोही माग्छन भोट l
निमुखा यि जनता लाई सधैं पिर चोट ll                

रामे श्यामे उस्तै भए उही ड्याङ का मुला l
माख्खो मार्ने होइन कोही भाषाण गर्छन् ठुला ll

थोत्रो चप्पल नफाल्नु है बनाउनु छ माला l
हाडी मोसो सँगल्नु है सजाउनु छ गाला ll

                                

कृष्णमान सर को बिदाइ कार्यक्रम


Video of Maha Yagya - 2010 - II

Video of Maha Yagya - 2010 - I

Tuesday, May 24, 2011

Welcome

Welcome to all kalika higher secondary student to our new website.