यति दुख्यो मुटु मेरो झर्ने होकि कुन्नि ।
Share
मुटुभित्रै तिम्रो माया मर्ने हो कि कुन्नि ।
तिमी मेरो नजीक हुँदा डर लाग्छ यस्तो
मेरो व्यथा तिमीलाई सर्ने हो कि कुन्नि ।
साँचो मनले माया गर्छु भन्छौ आज भने
केही दिन मै तिम्रो मन भर्ने हो कि कुन्नि ।
मन पनि बद्लिनलाई बेर लाग्दैन रे
अर्कै मनमा मायाको बिउ छर्ने हो कि कुन्नि ।
सँगसँगै किनारसम्म आई पुगेपछि
मलाई एक्लै छोडी पारि तर्ने हो कि कुन्नि ।
जिन्दगीभर साँची राखें, आँसु सम्हालेर
एकैचोटि अब रुनु, पर्ने हो कि कुन्नि । - प्रदीप लाल श्रेष्ठ
कालीमाटी,तनहूँ

No comments:
Post a Comment