हिजो सम्म तिमीलाई मेरो मात्र अभाब थियो ,
तिम्रो मेरो संबंधमा न कसैको दबाब थियो !!किन तोड्यौ चोखो नाता मैले सोध्दा खेरी ,
चुपचाप मौन तिमी न ओठमा जवाफ़ थियो !!
अरु संग जिऊन परे त्यागि दिंछु प्राण भंदा ,
लाग्थ्यो त्यो बोलीमा भित्र कतै रवाफ़ थियो !!
मंद बोली , सभ्य बानी कति सुंदर रुप तिम्रो ,
बल्ल बुझ्न पाएं मैले त्यो मुहारमा नकाब थियो !!
- बिनोद अधिकारी
भने को'भा हांसि हांसि बिदा दिंथे खुसि मानी , तनहूँ
भन्नु पर्थ्यो म बाहेक तिम्रो अंतै झुकाब थियो !!

No comments:
Post a Comment