खुशी खुशीको संसार भए दु:ख भोग्नु पर्थ्यो किन ।अमृत खोजेर पाउने भए मृत्यु लिन आउथ्यो र किन ।।
विश्वाश भए मायामा जिउदै माया मर्थ्यो किन ।
डढेलो लागेको बन झै उजाड हुन्थ्यो र मन किन।।
पिडा नभए जीवनमा हाँसो लुकाउन पर्थ्यो किन ।
खुशी सँग सम्झौत गरे आँशु बगाउनु पर्थ्यो र किन ।।
सम्झना मै बाँच्न सके माया लाउनु पर्थ्यो किन ।
छोडी जाने बैगुनीलाई सम्झेर रुनु पर्थ्यो र किन ।।
प्रसाद जस्तो तिम्रो माया बाँड्दै हिड्नु पर्थ्यो किन ।
घुम्टो ओडी मेरो सामु लुकेर हिड्नु पर्थ्यो र किन ।।
अर्थ बिना को माया भए नाटक गर्न पर्थ्यो किन ।
धोका दिन जान्ने मान्छे नायक बन्न पर्थ्यो र किन ।।
संसार चिन्छु भन्ने मान्छे आखिर रुनु पर्थ्यो किन ।
माया चाख्ने बानी भए विश्वाश दिनु पर्थ्यो किन ।।
देबराज श्रेष्ठ
बार्इस जांगर तनह्ं
Share
No comments:
Post a Comment